Connect with us

अन्तर्राष्ट्रिय

कोरोनामुक्त न्यूजिल्याण्डमा कोरोना संक्रमित फेरि भेटिए

Published

on

कोरोना महामारी नियन्त्रण गर्न सफल भएको भन्दै गतसाता सबै प्रतिबन्ध हटाएको न्यूजिल्याण्डमा फेरि संक्रमित भेटिएका छन्। त्यहाँ यसअघि २४ दिनसम्म नयाँ संक्रमित भेटिएका थिएनन्। दुई जना कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यी दुई व्यक्तिहरूलाई मृत्यु भएका आफन्तको अन्तेष्टिमा सहभागी हुन अनुमति दिइएको थियो। दुईजना थपिएसँगै न्यूजिल्याण्डमा कोरोनाबाट संक्रमित हुनेहरूको संख्या एक हजार ५०६ पुगेको छ। हालसम्म त्यहाँ संक्रमित २२ जनाको मृत्यु भएको छ।

कोरोना महामारी नियन्त्रणका लागि न्यूजिल्याण्डले चालेका कदमको विश्वभर प्रशंसा गरिएको थियो। विश्वमा कोरोना महामारी सुरु हुनासाथ न्यूजिल्याण्डले देशको सीमा बन्द गर्दै लकडाउन लगाएको थियो।

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending