Thursday, October 29, 2020

Thursday, October 29, 2020
अन्तर्राष्ट्रिय नयाँ नियमहरु लागु गरेर आज देखि english premier League फूटबल सुरु हुँदै के के छ नयाँ नियमहरु ?

नयाँ नियमहरु लागु गरेर आज देखि english premier League फूटबल सुरु हुँदै के के छ नयाँ नियमहरु ?

Published:

On: Nepal

Premier League Championship का बाँकी खेलहरू बुधवारदेखि हुँदैछन्।

तर पहिलेदेखि देखेको जस्तो शैलीमा भने होइन।

Corona Virus महामारीका कारण रोकिएको 100 दिनपछि बुधवार एस्टन भिला र शेफील्ड यूनाईटिडबीचको खेलसँगै प्रीमीअर लीग मैदानमा फर्कनेछ।

भाइरसपछिको अवस्था
जुलाई २६सम्मको ४० दिनभित्र लीगका ९२ खेल हुनेछन्।

भाइरस सङ्क्रमण फैलिनबाट रोक्ने उपायअन्तर्गत यी खेलहरू दर्शकविहीन मैदानमा खेलाइनेछ।

पहिलो खेलअघि कोरोनाभाइरसले ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गरिनेछ। ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवाका अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सम्मानमा ब्याज लगाइनेछ।

सुरुका १२ वटा खेलमा सबै खेलाडीको जर्सीमा तिनको नामको साटो ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको हुनेछ। अमेरिकामा मारिएका जोर्ज फ्लोइडको सम्झनामा यसो गरिनेछ।

खेलाडीहरूको भाइरस परीक्षण
बिततेका साताहरूमा हरेक साता दुई पटक गरी आठ चरणमा प्रीमीअर लीगका खेलाडी तथा कर्मचारीहरूको कोरोनाभाइरस परीक्षण गरिएको थियो।

करिब ८६८७ परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पाइएको थियो।

हालसम्म अङ्कतालिकामा लिभरपुल अगाडि छ भने बोर्नमथ, एस्टन भिला र नर्विच सिटी लीगबाट खस्किने जोखिममा देखिन्छन्।

यदि बुधवार नै हुने अर्को खेलमा तालिकामा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी आर्सनलसँग पराजित भएको खण्डमा लिभरपुलले एउटा खेलमात्रै जिते पनि उसले ३० वर्ष यता पहिलो पटक लीगको उपाधि जित्नेछ।

के परिवर्तन हुँदैछ?
कोरोनाभाइरस महामारीका कारण प्रभावित भएको लीग प्रतियोगिता मैदानमा फर्किँदा थुप्रै परिवर्तनको सामना गर्दैछ।

ती हुन्:

  1. सबै खेल दर्शकविहीन रङ्गशालामा खेलाइनेछ। अधिकतम ३०० मानिस उपस्थित हुनेछन्।
  2. रङ्गशालालाई रातो, सुन्तला र हरियो गरी तीन क्षेत्रमा विभाजन गरिनेछ। हरेक क्षेत्रमा को जान पाउने भनेर नियन्त्रण गरिनेछ
  3. प्रत्येक टोलीले एक खेलमा तीनको साटो पाँच खेलाडी परिवर्तन गर्न पाउनेछन्।
  4. खेलाडी तथा कर्मचारी मैदानमा पटकपटक गरी प्रवेश गर्नेछन्। सुरु हुनुभन्दा अगाडि हात मिलाइनेछैन।
  5. गोलपोस्ट, कर्नर झन्डा, तथा खेलाडी परिवर्तनका बोर्ड हरेक खेलअघि र पछि सफा गरिनेछ ।
  6. खेलस्थलमा आवतजावत गर्दा टोली तथा कोचिङ स्टाफले सामाजिक दूरी कायम गर्नुपर्नेछ ।
  7. म्याचपछिको अन्तर्वार्ता मैदानको छेउमा गरिनेछ भने प्रेस सम्मेलन भर्चूअल रूपमा हुनेछ
    भिडिओ असिस्टेन्ट रेफरीको उपयोग गरिनेछ ।

सम्बन्धित समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।