Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
नेपाल PM KP Sharma Oli MCC बारे पार्टीमा किन छलफल गर्न चाहँदैनन् ?

PM KP Sharma Oli MCC बारे पार्टीमा किन छलफल गर्न चाहँदैनन् ?

Published:

On: Nepal

MCC अनुमोदन गर्ने या नगर्ने भन्ने विषय थप पेचिलो बन्दै गएको छ । आगामी असार १६ गतेभित्र सम्झौता अनुसार संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा लैजानुपर्ने । एक वर्षदेखि बहस हुँदै आएको यो विषयबारे नेकपाभित्रकै विवादका कारण अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।

पार्टीका केन्द्रीय समिति, स्थायी समिति र सचिवालयमा भएका छलफलमा MCC बारे प्रस्ट दुई धार देखिएपछि यसको सहज अवतरण गराउने जिम्मेवारी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीको काँधमा पुगेको थियो ।

MCCका विषयमा छलफल हुँदा नेताहरु विभाजित बनेसँगै यसको निर्णयमा समेत ढिलाइ भएपनि त्यसको मिलनबिन्दु पहिचान गर्न नेतृत्व असफल भएको हो ।

एमसीसी सम्झौता संशोधनविनै स्वीकार्नुपर्ने पक्षमा खासगरी केपी ओली निकटका नेताहरु देखिएका छन् भने सम्झौताका केही बुँदा संशोधन नगरी स्वीकार्न नहुने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल निकटका नेताहरु छन् ।

यसको अर्थ पार्टीभित्र बहुमत पक्ष एमसीसी जस्ताको तस्तै अनुमोदन गर्न नहुने पक्षमा छ ।

पार्टीमा एमसीसीबारे उठेका प्रश्नहरुको निरुपण गर्न वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलमा समेत एकमत हुन सकेन ।

संयोजक खनाल र सदस्य भीम रावल एकातिर भए भने अर्का सदस्य तथा मन्त्री समेत रहेका प्रदीपकुमार ज्ञवाली फरक मत राखेर अर्कातिर उभिन पुगे ।

खनाल नेतृत्वको प्रतिवेदनमा एमसीसीका झण्डै एक दर्जन बुँदा राष्ट्रहीत विपरित रहेकाले ति बुँदा संशोधन नगरी अनुमोदन गर्नै नहुने उल्लेख छ ।

कार्यदल गठन गर्दा सोही कार्यदलको सुझावका आधारमा पार्टीले निर्णय गर्ने भनिएपछि नेतृत्वलाई यो विषयमा निर्णय गर्न कठिन भएको कतिपय नेताहरुकै भनाइ छ ।

छलफल चाहँदैनन् ओली ?

नेकपाभित्र गत वर्षको असारबाटै एमसीसीबारे छलफल सुरु भएको हो । अघिल्लो वर्षको बजेट अधिवेशनमै एमसीसी अनुमोदन गराउने तयारी सरकारको भएपनि त्यो सफल नहुँदा गत फागुनमा पार्टीद्वारा गठित कार्यदलले एमसीसीबारे धारणा बनाएर दिएको प्रतिवेदन दुई अध्यक्ष ओली र प्रचण्डको दराजमा थन्किएको झण्डै चार महिना हुन लागि सकेको छ ।

यसबीचमा अध्यक्ष ओली र प्रचण्डबीच अनौपचारिक ढंगले पटकपटक कुरा भएपनि त्यसमा समेत दुवैको दुवैथरी मत रहने गरेको छ ।

ओली सकभर एमसीसीका बारेमा पार्टीमा छलफल गर्दा सहमति नजुटने भएकाले सिधै संसदमा लगेर अनुमोदन गराउने पक्षमा देखिएका छन् भने प्रचण्ड पार्टीमा यति धेरै विवाद भएको विषयमा त्यसरी अघि बढ्न नुहने अडानमा छन् ।

दुई अध्यक्षबीचमै फरक मत रहेका बेला पार्टीमा छलफल गर्दा थप विवाद चर्कने नेताहरुको बुझाइ छ ।

त्यहीँ बुझाइका कारण नेताहरुले एमसीसीबारे छलफल गर्न पटकपटक बैठकको माग गर्दा समेत ओलीले बैठक राख्ने जाँगर देखाएका छैनन् ।

हुन त ओलीले पार्टीमा एमसीसीबारे दुईथरी मत आएको बुझेर नै यसअघि संसदमा पुगेको विषय संसदले नै टुंगो लगाउने बताइसकेका छन् ।

तर, ओलीले यसो भन्दैमा पनि संसदबाट त्यति सहजै एमसीसी पास हुन नसक्ने संशोधनको पक्षमा रहेका नेताहरुको भनाइ छ ।

‘काँग्रेसको साथ लिएर ओलीले संसदको अहिलेको अंकगणितबाट पास गराउन सक्ने अवस्था कायमै रहेपनि तत्कालै त्यो बाटोमा जान नपरोस् भन्ने नै हो’, ओली निकटका एक स्थायी समिति सदस्यको भनाइ छ ।

उनका अनुसार सकभर पार्टीमा एकमत बनाएर नै अघि बढ्ने योजना प्रधानमन्त्री ओलीको योजना छ ।

ती नेताका अनुसार पार्टीमा अल्पमत र बहुमतका आधारमा एमसीसी अघि बढाउदा पनि संसदबाट पास हुने भएपनि त्यो बाटो घातक हुने ओलीको बुझाइ छ ।

त्यसैले ओलीले पार्टीमा ह्वीप लगाएर भएपनि संसदबाट अनुमोदन गराउने ओलीको चाहना छ ।

सम्बन्धित समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।

ताजा समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।
X