Friday, October 23, 2020

Friday, October 23, 2020
नेपाल ११ कक्षाको परीक्षा नहुने, अनि १२ को ?

११ कक्षाको परीक्षा नहुने, अनि १२ को ?

Published:

On: Nepal

Kathmandu: Corona Virus का कारण अन्योलमा परेको ११ कक्षाको परीक्षा विद्यालयकै मूल्याँकनका आधारमा गरिने । SEE(SLC) को नतिजा विद्यालयकै मूल्याँकनका आधारमा गरिने निर्णय थियो ।

बजेटका बारेमा राष्ट्रिय सभाको बैठकमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयकै आन्तरिक मूल्याँकनका आधारमा उक्त विषय सम्बोधन गर्ने गरी मन्त्रालयले चाँडैनै निर्णय गर्ने बताए ।

‘परिवेश अनुकूल कुनै पनि माध्यमबाट सिक्नसक्ने गरी सिकाइ निरन्तरताका लागि गरिएको आह्वानअनुसार अधिकांश स्थानीय तहमा कार्यक्रम अघि बढेको छ। यस कार्यक्रममलाई १५ दिनको समीक्षा गरी थप ढाँचाबारे निर्णयमा पुगिनेछ’,

उनले भने, ‘हालको विशिष्ट स्थितिलाई ध्यानमा राखी कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको तयारी भइरहेको छ र स्थगित कक्षा १२ र उच्च शिक्षाका परीक्षाबारे उपयुक्त समयमा सञ्चालन गर्न विश्वविद्यालयहरुले गृहकार्य गरिरहेका छन् ।’

मन्त्री पोखरेलले माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिन मन्त्रालय लागिरहेको र निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ कार्यान्वयनका लागि नियमावली ल्याउन लागिएको जानकारी दिँदै शिक्षामा बजेट पर्याप्त नभए पनि विषम स्थितिमा केही बजेट वृद्धि भएकामा सन्तोष व्यक्त गरे ।

उनले शिक्षक अभावको समस्या समाधान गर्न दीर्घकालीन उपाय सोचिएको र तत्कालका लागि निर्वाह भत्ता दिएर शिक्षण स्वयंसेवक परिचालन गरिने बताउँदै द्वन्द्वपीडित शिक्षकका विषयमा सरकारले चाँडै निर्णय गर्ने जानकारी दिए ।

यस बर्ष कक्षा ११ मा ५ लाख ३२ हजार ६ सय ९२ विद्यार्थी छन् । कक्षा १२ मा ४ लाख ३१ हजार ३ सय ३० विद्यार्थी छन् । गत चैत २५ गते स्थगित गर्ने निर्णय भए पनि २ महिना वितिसक्दा पनि सरकारले परीक्षाका बारेमा निर्णय नलिदाँ विद्यार्थी अभिभावक अन्योलमा छन् ।

सांसदहरुले उठाएका प्रश्नको उत्तर दिदैं मन्त्री पोखरेलले शैक्षिक सत्र क्षती हुन नदिने गरी मन्त्रालयले वैकल्पिक विधिबाट पठन पाठन शुरु गरेको उल्लेख गरे।

करिब 3000 सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनयाँको कारणले तत्काल पढाइ सञ्चालन गर्न नसकिने उनले स्पष्ट पारे । पोखरेलले विद्यार्थीलाई सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो तथा टेलिभिजन र सूचना सञ्चारमा पहुँच भएका जस्ता गरी छ प्रकारमा वर्गीकरण गरी ती सबैको सिकाइमा निरन्तरता हुने गरी निर्देशिका ल्याइएको बताए ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X