Thursday, October 29, 2020

Thursday, October 29, 2020
राजनीति सांसद अधिकारी : कालापानीबाट भारतीय सेना फिर्ता गर्ने नेपालको मूल लक्ष्य बनेको छ

सांसद अधिकारी : कालापानीबाट भारतीय सेना फिर्ता गर्ने नेपालको मूल लक्ष्य बनेको छ

Published:

On: Nepal

काठमाडौँ — नेता राधेश्याम अधिकारीले नेपालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनु अहिलेको मूल लक्ष्य रहेको बताएका छन् ।

बिहीबारको बैठकमा संविधान संशोधन छलफलका क्रममा अधिकारीले भने, ‘अहिलेको नेपालको मूल लक्ष्य भनेको कालापानीबाट भारतीय सेना फर्काएर नेपालको नागरिक शासन कायम गर्ने हो ।’

संविधान संशोधन संसदबाट पारित भएर जारी हुनेबित्तिकै कालापानीमा नेपालको भोगाधिकार नहुने वार्ताबाट नै सीमा समस्या सामाधान गर्नुपर्ने सांसद अधिकारीको भनेका छन |

कालापानीमा नेपालको भोगाधिका कायम गर्ने लक्ष्य लिनुपर्ने उनले बताए । सन् १९६२ मा राजाले शासन लिएको बेलामा भारतले कब्जा जमाएको अधिकारीको भनाइ थियो । सन् १९६२ को भारत-चीन युद्धपछि त्यहाँका जनताले नेपालमा तिरो तिरेका प्रमाण रहेको भारतलाई उक्त भूमि कसैले नदिएकाले नेपालको स्वामित्वमा रहेको कालापानी क्षेत्रमा भारतीय सेनाले भोगचलन गर्न नदिएको उनको भनाइ थियो । ‘जुन बेलामा भारतीय फौज त्यता आएर बसेको छ त्यो बेला राजाले संसद विघटन गरेका थिए । नेता जेलमा थिए । त्यतिबेला राजा आन्तरिक झन्झटमा भएकाले बाह्य झन्झटमा फस्न चाहेनन् । त्यो बेला राजाले अडान लिन नसकेका हुन् तर कुनै पनि लिखतबाट त्यो तिम्रो भनेका छैनन् । यो कुराले गर्दाखेरि नेपालको कालापानीमा भारतको स्वामित्व कायम हुन्न । नक्सा भारतले बनाए पनि हामी स्वीकार गर्न सक्दैनौं,’ अधिकारीले भने ।

भारतले नक्सामा कालापानी क्षेत्र राखेपछि नेपाल सरकारलाई दबाब रहे पनि वार्ताबाटै समस्या समाधान खोजेको र लिपुलेकमा सडक निर्माण गर्दै दिल्लीले उद्घाटन गरेपछि नेपालालई नक्सा जारी गर्नुको अर्को विकल्प नरहेको अधिकारीले बताएका छन् ।

अहिलेको अवस्थामा केही प्रश्न उठेका अधिकारीको भनाइ थियो । उनले भने, ‘के नक्सा संसदबाट पारित गर्न आवश्यक थियो ?, के संसदबाट पारित भएपछि वार्ताको गुन्जायस रहन्छ ?, के वार्ताको वातावरण हाम्रो तर्फबाट बिग्रिएको वा बिगारिएको हो ?, के अनायास, अपर्झट आजको निर्णयमा पुगिएको हो ?, के हामी वस्तुगत आधारभन्दा बढी संवेदनशील भएका छौं ?, नक्सा जारी हुँदैमा भौतिक भोगाधिकार कायम हुन्छ ?’

यी प्रश्नको जवाफमा अधिकारीले नै भने- ‘नक्सा जारी गरेर नेपालले भारतसँग वार्ताको टेबुलमा बराबरीको हैसियत कायम गर्ने देखिएको छ ।’ भारतले संसदबाट पारित भएको नक्सा देखाउँदा अब नेपालले पनि संसदबाट पारित नक्सा वार्ताको टेबुलमा राख्ने र समानता कायम हुने उनको तर्क थियो । भारतले नेपालका वार्ताका प्रस्ताव अस्वीकार गर्दै आएकाले अहिलको अवस्था आएको उनको निष्कर्ष थियो ।

नेपालको तर्फबाट बोलीमा संमयमता अपनाउन सांसद अधिकारीले वार्तामा जानका लागि अधिकारीको भनाइ थियो । ‘बोलीमा किन तिक्तता ल्याउने ?उनले भने | यो विवादलाई अब स्थानीयकरण गरौँ | नेपाल भारतको सम्बन्ध बिग्रिन नहुने र अरु कुराहरूमा मित्रतालाई बडाइराखन आब्स्यक रहेको बताएका छन् ।

सम्बन्धित समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।