Friday, October 23, 2020

Friday, October 23, 2020
नेपाल एमसीसीलाई अस्त्र बनाएर हटाउने सम्मको तयारी, ओली नेकपाभित्र घेराबन्दीमा

एमसीसीलाई अस्त्र बनाएर हटाउने सम्मको तयारी, ओली नेकपाभित्र घेराबन्दीमा

Published:

On: Nepal

असार ५, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीभित्र एमसीसीको विषयले वार पारको लडाईं हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मको तयारी भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली बाहिरबाट घेराबन्दीमा परेको र पार्टीभित्र पारिसकेका छन् । अबको १० दिनभित्र यसलाई तोड्ने हुनु या होइनन् प्रष्ट हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली एमसीसीबाट पछि हट्ने या सत्ता छाड्नुपर्ने वाध्यात्मक परिस्थिति उपाध्यक्ष बामदेव गौतमले कुनै गम्भीर घटनाको संकेत गरिसकेका छन् | नेकपाभित्रका सुरथका एक्का रहँदै आएका बामदेव गौतम कै साथले ओली तत्कालिन नेकपा एमालेको अध्यक्ष बन्न सफल भएका थिए ।
यसपटक भने साथ नदिने स्पष्ट धारणा आइसकेको छ ।

आफ्नो सचिवालयमार्फत् आफ्नो प्रधामन्त्री ओलीसँग विमति रहेकाले सरकारमा नजाने र पार्टीको औपचारिक निर्णय बमोजिम सरकार चल्नुपर्नेमा जोड दिदै त्यसो नभए कडा निर्णय आउनेसम्मको संकेत गरेका छन् । उनको आशय एमसीसीबारे नै थियो ।

पार्टी निर्णय बमोजिम हुनुपर्ने अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको, सचिवालय सदस्य रामबहादुर थापा बादल पनि एमसीसीको विपक्षमा छन् भने एमसीसी संसदीय दलमार्फत् पारित गराउने गरी निर्णय गराउन चाहिरहेका ओलीको पक्षमा ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल देखिएका छन् ।

१० असारमा सचिवालय र स्थायी समिति बैठक डाकिएको छ । दुई तिहाई कोरम पुर्याएर भएपनि एमसीसीबारे निर्णय लिने ओलीइतरको रणनीति छ जस्ले गर्दा अवस्थामा वार पार हुनसक्छ । बैठक टार्न सक्ने सम्भावनालाई दृष्टिगत गरी ओलीले एमसीसी संसदबाट पारित गराएर जान खोजे पार्टी निर्णय विपरित हुनसक्ने र संसदमै नेकपाका सांसदहरुको पक्ष विपक्षमा मत पर्न सक्छ ।

एमसीसीको बचाऊ हिजो पनि ओलीले संसदमा गरे । उनले महाकाली सन्धीको बेलामा पनि विगतमा त्यतिकै उफ्रिएको भन्दै व्यङ्ग्य गरे । एमसीसी नपढी बोलेको समेत भनेर बचाऊ गरे । यसरी ओली पछाडि हट्ने सम्भावना कमजोर भइरहेको छ । अब वार पार एमसीसीबाटै हुने आँकलनका साथ नेकपाभित्रका उनको विरोधमा देखिएको समुह रणनीतिका साथ तयार भएको छ ।

एमसीसीमा जर्बजस्ती अगाडि बढ्न खोजे ओलीलाई कारबाही गर्ने सम्मको तयारी भएको छ । बरु विष्णु पौडेल गुट परिवर्तन गर्नसक्ने अवस्था बन्न सक्छ । ओली र पोखरेल भने एकसाथ छन् ।प्रचण्ड, खनाल, माधव र गौतम बसेर रणनीति तयार गरिसकेको बुझिएको छ । यसपटक एमसीसीको मामलामा कोही यताउता नहुने समझदारी समेत बनेको विश्वस्त स्रोतले जनाएको छ । विगतमा बामदेवलाई प्रधानमन्त्री बनाउने अस्त्रले परिस्थिति फरक पर्न गएकाले हिजो उनको सचिवालयमार्फत् बोल्ने अवस्था बनाइएको थियो । गौतम बोलेपछि अब उनी ओलीको पक्षमा छैनन् भन्ने स्पष्ट भएको छ ।

असार १५ भित्र एमसीसी संसदबाट पारित गर्नुपर्ने यसैलाई अस्त्र बनाएर ओली सरकार ढाल्न खोजेको कतिपयको बुझाई रहेको छ ।नेपाली काँग्रेस एमसीसीको पक्षमा उभिइसकेको छ । नेकमभित्र यसबारे मतभेद गहिरो छ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X