Monday, October 26, 2020

Monday, October 26, 2020
कोरोना भाइरस साउनमा कोरोना भाइरस सङ्क्रमण उच्च बिन्दुमा पुग्ने

साउनमा कोरोना भाइरस सङ्क्रमण उच्च बिन्दुमा पुग्ने

Published:

On: Nepal

सङ्क्रमण साउन महिनाको अन्त्यतिर लगातार बढिरहेको कोरोनाभाइरस सङ्क्रमण उत्कर्षमा पुग्ने आकलन गरिएको प्रधानमन्त्री केपी ओलीले जानकारी दिएका छन्। तर एक सङ्क्रमित व्यक्तिले कति जनालाई सारिरहेका छन् भन्ने स्पष्ट तथ्याङ्कको अभाव भएकाले अहिलेनै अनुमान गर्न कठिन हुने र विदेशबाट आउनेहरूलाई राख्ने क्वारन्टीनको उचित व्यवस्थापन र समुदायमा सङ्क्रमण नफैलिन आवश्यक भएको विज्ञहरूले बताए |

नेपालमा सङ्क्रमतिको सङ्ख्या २५,००० नाघ्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले आकलन गरेका थिए।

बिहीवार थप ६७१ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७,८४८ पुगेको छ भने यसबाट ज्यान गुमाउनेको सङ्ख्या २२ पुगेको छ। चैतदेखि नै जेठसम्म आइपुग्दा दैनिक करिब सात हजारको औसतमा मानिस आएका छन्। यो क्रम अहिले करिब दुई हजारमा घटेको छ | दिनहुँ भारतबाट फर्किरहेका नेपालीहरूको सङ्ख्या विस्तारै कम हुँदै गएको आँकडा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेका छन्।

“त्यो हिसाबमा साउनको अन्तिम साता वा भदौको पहिलो साता हामीकहाँ सङ्क्रमण उच्च बिन्दुमा पुग्ने देखिन्छ।”प्रधानमन्त्री ओलीले भने।

“दशैँ, तिहार, छठ भनेका रमाइला समय हुन्थे तर यसपल्ट त्यसले सङ्क्रमण बढाउन सक्छ। त्यसो भयो भने फेरि मंसिर अन्तिमतिर उच्च बिन्दुमा पुग्नेछ र फागुनसम्म पुग्दा नियन्त्रण हुनेछ।”उनले पहिलो उच्च बिन्दुबाट ओरालो लाग्ने समयमा नै धेरै चाडपर्वको मौसम पनि आइपर्ने हुनाले त्यसले फेरि जोखिम बढाउने बताए।

बिहीवार प्रधानमन्त्रीले अहिलेसम्म आइसोलेसनमा ४,८२२ तथा अस्पतालमा ६,७६० मानिस, क्वारन्टीनमा एक लाखभन्दा केही बढी मानिस रहेको जानकारी गराएका छन्।

जनस्वास्थ्यविद् डा. शरदराज वन्तले “हामीकहाँ ८० प्रतिशतभन्दा धेरै सङ्क्रमण विदेशबाट आएकाहरूमै देखिएकोले यो आर नट भनिने दरको अनुमान गर्न सकिएको छैन। यसले सङ्क्रमण उच्च बिन्दुमा पुग्ने समयको अनुमान गर्न पनि कठिन बनाएको छ |सङ्क्रमण कुन गतिमा बढ्छ भन्ने कुरा एकजना मानिसले कति जनालाई सङ्क्रमित पारिरहेको छ भन्नेमा मुख्य निर्भर हुने विश्वव्यापी प्रवृत्ति रहेको “बताए।

यदि सरकारले बाहिरबाट आएकाहरूलाई क्वारन्टीनमा सुरक्षित राख्न सक्यो भने र समुदायमा फैलिनबाट रोक्न सक्यो भने प्रधानमन्त्रीको अनुमान सही नै हुनसक्ने उनले बताए।

समुदायमा नफैलिएमा साउनमा सङ्क्रमण उत्कर्षमा पुगेर ओरालो लाग्न सक्ने अर्का जनस्वास्थ्य तथा महामारीका जानकार डा. बाबुराम मरासिनी ठान्छन्। दशैँ तिहारको बेला विदेश र भारतबाट आउनेहरू कति हुन्छन् त्यसबाट पुन: सङ्क्रमण बढ्ने जोखिम रहेको उनले पनि स्वीकारे। समयमा पीसीआर परीक्षण हुन नसकेको हुँदा सङ्क्रमितहरूले कतिलाई सारिसके भन्न कठिन छ। त्यसमाथि आरडिटीमा सङ्क्रमण नदेखिएको भन्दै खुसी हुँदै घर पुगेकाहरू कत्तिको सचेत र एक्लिएर बसिरहेका छन् त्यसमा पनि समुदायमा सङ्क्रमण फैलिने विषय निर्भर छ,” डा. मरासिनीले बताए।

आगामी महिनामा नेपालमा सङ्क्रमण कम हुनसक्ने अनुमान गर्न सकिने जनस्वास्थ्यविद् डा. वन्तले बताए। उनीहरूको यी सबै अनुमान समुदायमा सङ्क्रमण सल्किन पाएन भने मात्र मिल्ने ठहर छ।

सम्बन्धित समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

ताजा समाचार