Monday, September 21, 2020

Monday, September 21, 2020
समाचार मोटोपनको समस्या बालबालिका र किशोर किशोरीलाई दश गुणा धेरै

मोटोपनको समस्या बालबालिका र किशोर किशोरीलाई दश गुणा धेरै

Published:

On: Nepal

विश्वमा शरिरको तौल कम हुने समस्याभन्दा मोटोपनको समस्या सामना गरिरहेका बालबालिका र किशोरकिशोरीको संख्या बढ्ने एक अध्ययनले जनाएको छ।

भारतमा स्वस्थ जीवनशैली र आहारको अभावले साथै शारीरक तौल कम हुने समस्या भोगिरहेका आधा जनसंख्या रहेका छन्। न्युन र मध्यम आय भएका देशका बालबालिका मोटोपनको समस्यामा जेलिने क्रम तिव्र बढिरहेको छ। लामो समयदेखि झेलिरहेको मोटोपन अब विकासोन्मुख देशका बालबालिकाका लागि जोखिम बनेको छ।

विशेष गरि पूर्वी, दक्षिण र दक्षिणपूर्वी एसियामा बालबालिकारकिशोरकिशोरीमा हुने मोटोपन बढेको छ ।

सन् २००० यता थुप्रै उच्च आय भएका देशमा यो स्थिर छ ।

– सस्ता, प्रशोधित र क्यालोरीले भरिएका तर पोषणको अभाव भएका खानेकुराले मोटोपन बढाउने ।

कार्बोहाइड्रेट बढि भए बढि तौल हुने शारीरिक तौल कम भएका बालबालिकालाई समस्या हुने विशेषज्ञहरू बताउछँन् ।

चामल र गहुँमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। तर कुपोषण भएकालाई अण्डा वा दालजस्ता प्रोटिन धेरै भएका खानेकुरा आवश्यक हुन्छ ।

मोटोपन कसरी निर्धारण गरिन्छ ?

– अध्ययनले सन् १९७५ देखि २०१६ सम्म बालबालिका, किशोरकिशोरी र वयस्कको बडी मास इन्डेक्स (बिएमआइ) अध्ययन गरेको थियो ।

– व्यक्तिको शारीरिक तौल (केजी) लाई निजको उचाइँको वर्गले भाग गरेर बिएमआइ निर्धारण गरिन्छ ।

– सामान्यतया बिएमआइ ३० वा बढि भएको व्यक्तिलाई मोटोपन भएको बुझिन्छ ।

– २५ भन्दा धेरै बिएमआइ भए शारीरिक तौल धेरै भएको मानिन्छ ।

सन् २०१६ मा नौ करोड सत्तरी लाख बालबालिका र किशोरकिशोरीको शारीरिक तौल मध्यम वा अत्यन्तै कम थियो। ५० प्रतिशत शारीरिक तौल कम भएका भारतमा छन् । वास्तवमा गएको चार दशकयता शारीरिक तौल मध्यम वा अत्यन्तै कम भएको जनसंख्या भारतमा विश्वकै उच्च छ।सन् २०१६ मा महिला र पुरूष दुवैको बिएमआइ न्युन भएको देशमा भारत पनि परेको थियो।

भातरको शहरी क्षेत्रमा ३० प्रतिशत बालबालिकाले मोटोपनको समस्या झेलिरहेको र मोटोपन अहिले भारतको समस्या बन्दै गएको विशेषज्ञहरू बताउँछन्।

सम्बन्धित समाचार

आजदेखि नियमित आन्तरिक उडान सुरु

छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुँदै छ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो ।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

लकडाउनमा कार्बनडाइअस्साइड र विषालु कणको स्तर १५–३० प्रतिशत बढ्यो

कोरोनाकालमा एक सकारात्मक कुरा पुरै विश्वले देखेको छ । यो अवधिमा सडकमा सवारी नचलेको र कारखाना पनि बन्द भएको थियो ।

काभ्रेमा खुले विद्यालय , एक बेन्चमा दुई विद्यार्थी

काभ्रेका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । काभ्रेको मन्डनदेउपुर र पाँचखाल नगरपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

ताजा समाचार

डन्डीफोरले अनुहार बिग्रियो ? यी उपाय अपनाउनुहोस्

सुन्दर देखिने चाहना सबैको हुन्छ। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X