Monday, November 30, 2020

Monday, November 30, 2020
आर्थिक उड्डयन क्षेत्र धरासयी बन्दै

उड्डयन क्षेत्र धरासयी बन्दै

Published:

On: Nepal

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनले पछिल्लो ३ महिनाको कोभिड १९ का कारण ठप्प भएको पर्यटन क्षेत्रमा बन्दाबन्दीले गर्दा अवधिमा करिब ३० अर्ब रुपैयाँबराबरको क्षति भएको तथ्य बाहिर ल्याएको छ।

वार्षिक करिब २ खर्ब रुपैयाँ आम्दानी गर्ने पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादन(जीडीपी) मा पुग नपुग ३ प्रतिशतको योगदान छ। नेपालमा दर्ता भएका सबै थरीका उद्योगमध्ये पर्यटन उद्योगको अंश २२ प्रतिशत छ। हालसम्म पर्यटन क्षेत्रमा सरकारी करिब १ खर्ब ५९ अर्ब रुपैयाँ लगानी छ। पर्यटन क्षेत्रमा हवाई सेवाको मुख्य भूमिका हुन्छ तर नेपालको हवाई सेवामा मात्रै कोरोनाले पुर्‍याएको आर्थिक क्षतिको यकिन तथ्यांक सरकारसँग छैन।

नेपालमा ५५ वटा आन्तरिक विमानस्थल छन्। ती मध्ये त्रिभुवन विमानस्थलमात्रै अन्तर्राष्ट्रिय मुलुकसँग जोड्ने विमानस्थल हो। २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको योजना थियो। करिब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट आउने सम्भावना थियो।

तर, सन् २०२० को सुरुबाट नै कोरोना भाइरसका महामारीको रुपमा संसारभर फैलिएको कारण सुरुका २ महिनामा पर्यटक अवागमनको संख्यामा गिरावट र हवाई सेवा कम्पनीले औसत यात्रुको चापको करिब ४० प्रतिशत मात्रै व्यहोरेका थिए।

मार्चको अन्तिम साता (चैत ११ गतेबाट) लकडाउनले गर्दा हवाई उडान असार १३ गतेसम्म बन्द रहने सरकारको निर्णय छ।

फाइनान्स निर्देशक गोविन्द धितालको जानकारी अनुसार कोरोनाका कारण सन् २०२० मार्चदेखि जुन मध्यसम्म उड्डयन क्षेत्र मासिक करिब ९० करोड रुपैयाँ घाटामा गइरहेको छ।

विमानस्थलमा सञ्चालित पसल कवल, एयरपोर्ट कर, पार्किङ शुल्कलगायत आम्दानीका मुख्य स्रोत हुन्। प्राधिकरणको मासिक कार्य सञ्चालन खर्च मात्रै करिब २५ करोड रुपैयाँ छ भने लकडाउनयता प्राधिकरणको आम्दानी १ करोड रुपैयाँमा खुम्चिएको छ।

अध्यक्ष सुशील घिमिरेले नेपाल एयरलाइन्स ले चैत महिनादेखि असारसम्म करिब साढे ६ अर्ब रुपैयाँसम्मको राजस्व गुमाउने र भ्रमण वर्षका कारण बाँकी ४ महिनामा ८ महिनाको उठेको राजस्वको झण्डै दोब्बर राजस्व उठ्ने प्रक्षेपण गरिएको तर, कोरोनाका कारण उड्डयन क्षेत्र ठप्प हुँदा निगमले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाउने बताए। फागुन महिनासम्म १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको निगमले असार मसान्तसम्म २० देखि २२ अर्ब रुपैयाँसम्मको राजस्व उठ्ने लक्ष्य लिएको छ।

आन्तरिक तथा बाह्य उडान गर्ने गरी १३ वटा विमान सञ्चालनमा छन्। निगमको प्रमुख आम्दानीको स्रोतमा ग्राउन्ड ह्यान्डलिङ शुल्क हो। ग्राउन्ड ह्यान्डलिङबाट मात्रै निगमले करिब ३५ करोड रुपैयाँ आम्दानी गर्दै आएकोमा बन्दाबन्दीमा भएका केही चार्टर्ड उडानवापत मासिक करिब डेढ करोड रुपैयाँ मात्रै ग्राउन्ड ह्यान्डलिङ शुल्क उठेको निगमका फाइनान्स निर्देशक उमेश पौडेलले जानकारी दिए। लकडाउन अवधिमा निगमले गरेको चार्टर्ड उडानवापत करिब ६० देखि ७० करोड रुपैयाँ आम्दानी गरेको छ भने विदेशी कामदार फर्काउने २४ वटा उद्घार उडानबाट करिब ३५ करोड रुपैयाँ उठ्ने अनुमान निगमको छ।

निगमको अर्को चिन्ता जहाज खरिदवापत तिर्नुपर्ने किस्ता रकमको जोहो गर्नु हो। निगमले २ वटा न्यारो बडी र २ वटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र सञ्चय कोषबाट क्रमशः १२ अर्ब रुपैयाँ र २२ अर्ब रुपैयाँ साढे १० प्रतिशत व्याजमा लिएको थियो। किस्तावापत मात्रै मासिक करिब १ अर्ब १३ करोड रुपैयाँ बुझाउनुपर्ने अवस्था छ। वार्षिक व्याजका लागि मात्रै करिब ३ अर्ब ६४ करोड रुपैया तिर्नुपर्ने हुन्छ।

निगमले वाइडबडीको २ किस्ता बुझाएर सञ्चय कोषको करिब १ अर्ब रुपैयाँ ऋण घटाइसकेको छ। पुसमा पनि निगमले २ वटा न्यारोबडी र १ वटा वाइडबडी वापतको किस्ता बुझाएको थियो। हरेक ३–३ महिनामा किस्ता बुझाउनुपर्ने सम्झौताअनुसार चैतमा किस्ता बुझाउने पालो थियो। तर, लकडाउनका कारण आम्दानी खुम्चिएकाले उक्त किस्ता बुझाउन नसकिएको पौडेलले बताए। ‘अब असारमा पनि किस्ता बुझाउन सक्ने अवस्था छैन। लकडाउनयताको ६ महिनाको व्याज मिनाहाका लागि निगमको बोर्डले पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ। सरकारी प्रक्रिया पुर्‍याएर व्याज मिनाहा र केही आर्थिक सहयोगको अपेक्षा गरेका छौं’, अन्नपूर्ण पोस्ट्सँग पौडेलले बताए। निगममा सरकारको लगानी ३७ करोड रुपैयाँ छ।

उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्सले पनि मासिक करिब २५ करोड रुपैयाँसम्म घाटा व्यहोरेको र एयरलाइन्सको अहिले ४ वटा न्यारोबडी सञ्चालनमा छन् भने विश्व उड्डयन क्षेत्र अहिले समस्यामा परेकाले यसमा नेपाल पनि अछुतो नरहेको बताएका छ्न | अन्य आम्दानीको स्रोत नभएको निजी विमान कम्पनीले कर्मचारी व्यवस्थापन र सञ्चालन खर्च धान्न पनि अप्ठ्यारो परेको श्रेष्ठले बताए।

एउटा विमानले सिजनमा करिब १ सय ५० घण्टासम्म उडान भर्ने गरेको थियो भने लकडाउनयता करिब ३ महिनाको अवधिमा आन्तरिक विमान कम्पनीका तर्फबाट करिब १ सय ५० घण्टा मात्रै उडान भएको छ। आन्तरिक उडान भर्ने कम्पनीलाई टिक्न अहिले ठूलो चुनौती सिर्जना भएको छ। आन्तरिक विमान कम्पनीतर्फ मासिक करिब २० करोड रुपैयाँसम्म घाटा भएको छ।

एउटा फिक्सविङ्सले ८ सय घण्टासम्म र एउटा हेलिकप्टरले एक वर्षमा १५ सय घण्टासम्म उडान भर्ने संघको तथ्यांक छ।

शर्माले ‘अहिले आन्तरिक विमान कम्पनी विमान बेच्नेसम्मको उपायमा लागेका छन्। कम्तीमा विमान बेच्दाको पैसाले अर्को व्यवसाय सुरु त गर्न सकिन्छ। यो अवस्थामा कसरी सञ्चालन खर्च धान्ने, सरकारलाई कर कसरी तिर्ने, बैंकको ऋण कसरी तिर्ने? ’, भन्नेबारे प्रश्न गरेका छ्न |

पर्यटकीय गतिविधि नहुने भएकोले कम्पनीमा ताल्चा लगाउनुको विकल्प नभएको र सरकारको आशा गरेर फाइदा नभएको भन्दै वल्र्ड बैंकलगायत अन्तर्राष्ट्रिय संघसंस्थालाई सहुलियतपूर्ण ऋणका लागि प्रस्ताव गरिए पनि प्रक्रियागत जटिलताका कारण त्यो पनि सम्भव नभएको शर्माले बताए।

सम्बन्धित समाचार

तिहारमा मोटरसाइकल किन्नेहरुका लागी आयो खुशीको खबर: पल्सर Bike ८ हजार ८८७ रुपैयाँमा धमाधम बिक्री सुरु

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ।

विद्युत प्राधिकरण दैनिक ५ करोड घाटा बेहोर्दै

दशैं अवधिमा घट्न थालेको विद्युतको माग अहिलेसम्म पनि बढ्न नसक्दा दैनिक ५ करोड रुपैयाँ भन्दा बढी घाटा भइरहेको विद्युत प्राधिकरणले जनाएको छ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

धान खेतमै माछापालन गरेर मनग्य आम्दानी गर्दे कञ्चनपुरका किसान।

शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।