Monday, November 30, 2020

Monday, November 30, 2020
आर्थिक बैकर्स संघको स्प्रेड दर खारेज गर्न आग्रह

बैकर्स संघको स्प्रेड दर खारेज गर्न आग्रह

Published:

On: Nepal

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै राष्ट्र बैंकले तोक्दै आएको स्प्रेड खारेज गर्नुपर्ने सुझाव दिएको हो । निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर अर्थात स्प्रेड दर तोकिने अभ्यसलाई अन्त्य गर्न राष्ट्र बैंकसमक्ष नेपाल बैकर्स संघले आग्रह गरेको छ ।

आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै राष्ट्र बैंकले तोक्दै आएको स्प्रेड खारेज गर्नुपर्ने सुझाव संघले सुझाव दिएको हो ।

संघले आधार दर गणना गर्दा सञ्चालन लागतको शतप्रतिशत रकम राख्नु उपयुक्त हुने र पुनर्कर्जा अन्तर्गत प्रदान गरिएको रकम पूर्णरूपमा ग्राहकलाई प्रदान गरिने छ ।सो रकमलाई आधारदर गणना गर्दा हटाउन समेत संघले कन्द्रीय बैंकलाई सुझाव दिएको छ । संघले बैंक तथा वित्तीय संस्थाहरूबीचको तीब्र प्रतिस्पर्धाले बैंकहरूले प्रदान गर्ने सेवाहरूको गुणस्तरमा सुधार हुँदै गएको, कमिसन दर घट्दै गएको, ब्याजदर अन्तर तथा विनिमय दर अन्तरसमेत कम हुँदै गएको र बैंकहरूको ‘रिटर्न अन इक्विटी’ निरन्तर रूपमा घट्दै गइरहेकाले स्प्रेड तोक्नु सान्दर्भिक नभएको जिकिर गरेको हो ।

नेपालमा पनि छिमेकी मुलुकहरूमा समेत ब्याजदर अन्तरको सीमा नतोकिएको हुनाले त्यो अभ्यासको अन्त्य गर्नुपर्ने संघको माग छ ।

संघले विद्युतीय भुक्तानीको सीमा बैंकहरूले नै तोक्नसक्ने नीतिगत व्यवस्था गर्न माग गरेको छ । विद्युतीय कारोबारलाई व्यवस्थित तथा सुरक्षित बनाउनका लागि न्यूनतम अपनाउनुपर्ने सुरक्षा मापदण्ड तोकी बैंक तथा वित्तीय सस्थाहरूको डिजिटल बिजनेस ग्रोथका आधारभूत मापदण्ड निर्धारण र वित्तीय क्षेत्रमा प्रत्यक्ष संलग्न भएका मर्चेन्ट, वालेट, एजेन्ट्स, भेन्डर लगायतको सुपरीवेक्षण, अनुगमन र निरीक्षण सम्बन्धमा समेत स्पष्ट व्यवस्था गर्न आग्रह गरेको छ । साथै, अन्तर्राष्ट्रिय सेवाप्रदायक भिसा, मास्टर कार्ड, युनियन पेहरूले लिने शुल्क कम गर्नका निमित्त नेपाल राष्ट्र बैंकबाट आवश्यक पहल भएमा यी सेवा प्रदायकलाई मुलुकबाट शुल्कवापत बाहिरिने खर्च कम हुने बैकर्स संघको सुझाब छ ।

संघले वाणिज्य बैंकहरू बीच सहकार्य गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कर्जा प्रवाह वा प्राथमिकताप्राप्त क्षेत्र तथा सहुलियतपूर्ण कर्जा प्रवाहमा रेगुलेटरी प्रयोजनको लागि मात्र पोर्टफोलियो खरीद बिक्री गर्नसक्ने व्यवस्था गर्न नेपाल बैंकर्स माग गरेको छ । संघले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकलाई दिएको सुझावमा वाणिज्य बैंकअनुसार कुनै बैंकको कृषि, कुनैको ऊर्जा तथा कसैको अन्य क्षेत्रमा फरक–फरक क्षेत्रमा दक्षता रहेको भन्दै आफ्नो दक्षता भएको क्षेत्रमा विशेष जोड दिँदा राष्ट्र बैंकले लिएको लक्ष्यअनुसार कर्जा प्रवाह हुने जनाएको छ ।

हाल ५ वर्षसम्मका लागि ब्याज अनुदान दिने व्यवस्था भएकोमा ब्याज अनुदानको अवधि दुई वर्षका लागि थप गर्ने उपयुक्त हुने संघको भनाई छ । कोभिड–१९ का कारण परेको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै ब्याज अनुदान सहितको सहुलियत कर्जामा ७ वर्षसम्म ब्याज अनुदान दिने व्यवस्था गर्न माग गरेको छ । कोभिड–१९ का कारणले गर्दा कतिपय बैंकहरूले सो अनुसार कर्जा प्रवाह गर्न नसकेको अवस्थामा र कृषि तथा पशुपन्छी कर्जाबाहेक अन्य कर्जा शिर्षकमा ग्रामीण इलाकालाई प्राथमिकतामा राखि २०७७ असार मसान्तसम्म पु¥याउनुपर्ने ५०० कर्जाहरू कुनै हर्जाना नलगाउन समेत संघले अनुरोध गरेको छ । कोभिड– १९ र सो पछिको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूको निष्कृय कर्जा बढ्न जाने र कर्जा व्यवस्थापनमा समस्या पर्न सक्ने देखिएकाले एसेट्स म्यानेजमेन्ट कम्पनीको स्थापना गर्न पाउनु पर्ने संघको माग रहेको छ ।

एकदिनमा दुईपटक डलर खरिद–बिक्री गर्ने व्यवस्था गर्न सुझाएका छन् । हाल दिनमा एक पटक मात्र डलर खरिद बिक्रीको व्यवस्था छ । हालको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्रा कारोबारको इजाजत प्रत्येक शाखाका लागि छुट्टाछुट्टै लिनुपर्ने व्यवस्था रहेको छ । यसलाई बैंकको केन्द्रीय कार्यालयले इजाजत लिइसकेपछि शाखाहरूको हकमा सम्बन्धित बैंकलाई नै निर्णय गर्न दिनु उपयुत हुने संघको माग छ ।

नेपाल राष्ट्र बैंकले एक हप्तासम्मको कारोबारलाई धान्ने भारु खरिद गर्न सुविधा पनि दिएको छ । यसरी उपलव्ध सबै नेपाली वैंकहरूको भारु जोड्दा भारतीय बैंकहरूमा धेरै मौज्दात रहन्छ । यो रकम हालसम्म चल्ती खातामा मात्र राख्न सकिन्छ । सो रकम ओभरनाइट प्लेसमेन्टमा मात्रै लगानी गर्न सक्दा राष्ट्रलाई करोडौं आम्दानी हुने भएकाले सोही बमोजिम गर्न पाउने गरी आवश्यक ब्यवस्था गर्न केन्द्रीय बैंकलाई संघले सुझाएको छ ।

नेपालको वाह्य व्यापारमा भारतसंगको आयात व्यापारको आकार अत्यन्तै ठूलो छ ।

सम्बन्धित समाचार

तिहारमा मोटरसाइकल किन्नेहरुका लागी आयो खुशीको खबर: पल्सर Bike ८ हजार ८८७ रुपैयाँमा धमाधम बिक्री सुरु

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ।

विद्युत प्राधिकरण दैनिक ५ करोड घाटा बेहोर्दै

दशैं अवधिमा घट्न थालेको विद्युतको माग अहिलेसम्म पनि बढ्न नसक्दा दैनिक ५ करोड रुपैयाँ भन्दा बढी घाटा भइरहेको विद्युत प्राधिकरणले जनाएको छ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

धान खेतमै माछापालन गरेर मनग्य आम्दानी गर्दे कञ्चनपुरका किसान।

शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।