Thursday, October 29, 2020

Thursday, October 29, 2020
समाचार २८ करोडको बेसार आयात

२८ करोडको बेसार आयात

Published:

On: Nepal

आइतवार, असार ७ | आर्थिक वर्षको १० महिनामा नेपालले २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको ‘बेसार सेवन गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ र कोरोनाको संक्रमणबाट बचिन्छ’ भन्ने अभिव्यक्तिको मुलुकमा चर्चा भइरहँदा बेसार उत्पादनमा समेत मुलुक आत्मनिर्भर बन्न नसकेको तथ्यांकले देखाएको छ ।

२८ करोड रुपैयाँ बराबरको बेसारजन्य स्थानीय उत्पादनले बजारमा माग धान्न नसकेपछि वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार आयात भएको हो ।

यस्तै, तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको विभागको तथ्यांक छ । पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँभन्दा बढी मूल्यको काँचो बेसार नेपाल भित्रिएको थियो ।

श्वासप्रश्वास प्रणाली स्वस्थ राख्नका लागि बेसारको धुलो तातो दूधमा मिसाएर सेवन गर्ने संख्या बढेको जनाइएको छ । कोरोनाभाइरस संक्रमण बढेसँगै बेसार प्रयोग बढेको छ |

नेपालमा बेसारमात्रै कति उत्पादन हुन्छ भन्ने यकिन अध्ययन नभए पनि बेसार लगायतको मसला बालीको उत्पादन आव ७५-७६ को तुलनामा ९.५ प्रतिशतले वृद्धि भएर ५ लाख ५० हजार २८१ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएको छ ।

मुुलुकमो दुई नामको बेसार खेती गरिन्छ । मुलुकमा अलैँची, अदुवा, बेसार र खुर्सानी लगायतको मसलाबालीको खेती ७० हजार ३ सय ७१ हेक्टरमा हुने मन्त्रालयको तथ्यांक छ ।

मसला बालीको प्रतिहेक्टर उत्पादन ७.८ टन रहने अनुमान छ । मान्य अवस्थाको तुलनामा ति स्थानमा भारतबाट निर्यात हुने तरकारी तथा मसलाको माग १५ प्रतिशतले बढ्दा बेसारको कच्चा पदार्थको मात्रै माग तीन सय प्रतिशतले बढेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार