Monday, October 26, 2020

Monday, October 26, 2020
नेपाल प्रहरी काठमाडौं उपत्यकाभित्र मानिस आउने क्रम बढदो

काठमाडौं उपत्यकाभित्र मानिस आउने क्रम बढदो

Published:

On: Nepal

असार ८, काठमाडौं : असार १ गतेबाट लकडाउन थप खुकुलो बनाएपछी काठमाडौं उपत्यका भित्र आउने क्रम बढेपछि प्रहरी थप सक्रिय भएका छन्।नाका नागढुंगामा अहिले सवारीको बाक्लो उपस्थित देखिन थालेपछी प्रहरीले थप सक्रियता बढाएको छ।

२ हजार भन्दा बढी सवारी साधन नाकाबाट काठमाडौं उपत्यकाभित्र छिर्ने गरेका छन् जस्समध्या पास लिएका मात्र २/३ सय सवारी साधन छन्। बाँकी अत्यावश्यक सवारीका साधनहरु पर्ने गरेको एसएसपी ढकालले जानकारी दिए।

व्यापार व्यवसाय गर्दै आएका केही मानिस लकडाउनको समयमा आफ्नैं जिल्ला फर्किएका मानिसहरु अहिले व्यापार व्यवसाय पनि खुलेपछी काठमाडौं फर्किन थालेका छन्। खुकुलो मोडालिटीको मौका छोपी केही सवारी साधनले मानिस लिएर काठमाडौं छिर्ने समेत गरेको पाइएको छ।

आइतवार प्रहरीले महँगो भाडा लिएर आएका ४ वटा सार्वजनिक सवारी साधनलाई नियन्त्रणमा लियो। नेपालगञ्ज र झापाबाट काठमाडौँ आएको ४ वटा सार्वजनिक भाडाका बसहरूका साथै चालकहरूलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको थियो ।

के नाकाबाट भित्रिने मानिसको सङ्ख्या बढेको हो?खासै बढेको छैन। तर, प्रकृया पूरा गरेर आएका मानिसलाई हामीले रोक्न मिल्दैन|हामी सबै कागजपत्र नहेरिकन छिर्न दिँदैनौं। धेरै मानिसलाई नाकाबाट फर्काएका पनि छौं,’ एसएसपी ढकालले भने।

विदेशबाट आएका मानिसलाई आफ्नो जिल्लासम्म पुर्‍याउन सार्वजनिक सवारी साधन प्रयोग भएका छन्। बाहिरी जिल्लाबाट गाडी मगाएर लगिने गरिएकोले यसरी मगाएको गाडी खाली आउनुपर्छ नत्र मानिस बोकेर आयो भने कारबाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए |

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।