Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल ओबेसी नेपालको झण्डा जलाउने भारती मुस्लिमको पुत्ला जलाइयो

ओबेसी नेपालको झण्डा जलाउने भारती मुस्लिमको पुत्ला जलाइयो

Published:

On: Nepal

असार ८ सोमबार| सप्तरीका यूवाहरुले नेपाल भारत सीमामा विवादकै बीच भारतमा नेपालको झण्डा जलाउने भारतको एक मुस्लिम अतिवादी दलको बिरुद्ध गरेर पुत्ला जलाइको छ | सो कार्यमा ओवेसीको दलका नेता मोहम्मद इर्सार सक्रिय भएका थिए।

एआइएमआइएम नामक मुस्लिम अतिवादी दलले भारतको उत्तर प्रदेशमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा राखेको भन्दै नेपालको झण्डा जलाई नेपाल मुर्दावादको नारा लगाएको थियो।

नेपाल आमाको जय, नेपाल जिन्दावाद लगायतका नारा लगाएका सप्तरीका यूवाहरुले नेपाल भारतबीचको सदियौंदेखिको जनस्तरको सम्वन्धलाई विगार्न एआइएमआइएमले सक्रियता देखाएपछि सोको विरोधमा ओबेसी को पुत्ला जलाएका हुन्। सप्तरीका यूवाहरुले हालै नेपालले जारी गरेको नक्सा समेत प्रदर्शन गरेका थिए।

रसिंह हिन्दु सेना नामक संस्थासँग आवद्ध यूवाहरुले ओवेसीको दलले नेपाल भारतबीचको जनस्तरको सम्वन्ध विगार्न लागिपरेको भन्दै त्यसको कडा बिरोध गरेका थिए। उनीहरुले ओवेसी र उनको दलको झण्डा जलाएका थिए।

नेपाल भारतबीच चिसिएको सम्वन्धलाई थप विगार्न केहि अतिवादी संगठन नेपाल र भारतमा सक्रिय भएकोको दावी पनि उनीहरुले गरेका थिए। नेपाल भारतबीच सम्वन्ध विगार्ने यसका काममा नेपालका केहि जिम्मेवार व्यक्तिहरुले ओगोमा घ्यू हाल्ने काम गरिरहेको भन्दै त्यस्ता प्रवृतीहरुसँग सतर्क रहन प्रदर्शनकारीहरुले सचेत गराएका थिए।

बिरगंजका स्थानिय शम्भु यादवले भारत र नेपालमा एकैपट मुस्लिम दल र दलका मुस्लिम कार्यकर्ताहरुले एकैपटक नेपाल र भारत बिरोधी गतिविधी गर्नुलाई कतिपयले संयोग मात्र मान्न नभइ यसमा कुनै न कुनै योजना देखिने बताए। पर्सामा जनताले ओबेसीको दलले नेपालको झण्डा जलाएको विरोधमा भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएका थिए।

प्रदर्शनकारीहरुले कतिपय विदेशी एजेन्सीले नेपाल भारतको सम्वन्ध थप तनावपूर्ण बनाउन त्यस्ता संस्थाहरुलाई सहयोग गरेको आरोप लगाएका थिए।

सम्बन्धित समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।