Friday, October 23, 2020

Friday, October 23, 2020
कोरोना भाइरस कोरोना संक्रमण र मौसम परिवर्तनको ज्वरो

कोरोना संक्रमण र मौसम परिवर्तनको ज्वरो

Published:

On: Nepal

रुघाखोकी, हाछ्युँ आइरहने, आँखाबाट आँसु आइरहने, पिनास र घाँटी दुख्ने मौसमी ज्वरोको लक्षण हुन् । यस्तो समयमा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ |

मौसमी ज्वरो मौसमी एलर्जीका कारण देखिन्छ । गर्मीयाममा धुवाँ, धुलो, घरपालुवा जनावरको फोहोर र प्रदूषणका कारण शरीरमा एलर्जी हुन्छ । एलर्जीले प्रतिरक्षा प्रणालीमा असर पार्दा घाँटी खसखस हुने, खोकी लाग्ने हुन्छ । शरीरमा देखिने एलर्जीले प्रतिरोधी क्षमतामा असर गर्छ । दम, एलर्जीजस्ता समस्याका कारण ज्वरो आउँछ ।

६ महिनादेखि महामारीको रूप लिएको कोरोना भाइरस संक्रमण र मौसमी ज्वरोका लक्षण मिल्दाजुल्दा छन् । तर, मौसमी ज्वरो देखिँदैमा भाइरस संक्रमण शंका गरिहाल्नु नपर्ने विज्ञको सल्लाह छ । ज्वरो आएमा नआत्तिई स्वास्थ्य परीक्षण गराउन उनीहरूले सुझाब दिँदै आएका छन् ।

मौसमी ज्वरोबाट १० देखि ३० प्रतिशत वयस्क र करिब ४० प्रतिशत बालिबालिका प्रभावित हुन्छन् ।

ज्वरोका लक्षण बाहिरी वातावरणअनुसार फरक हुन्छन् । जस्तो– सुक्खा मौसममा बढी र वर्षात्मा सामान्य लक्षण देखिन्छन् | प्रदूषणयुक्त वातावरणमा बसेर काम गर्दा ‘एलर्जिक रिनाइटिस’ हुन्छ ।

समयमै उपचार गर्दा एलर्जीका कारण हुने दमको समस्याबाट र नाक, कान र घाँटीमा संक्रमणबाट बचाउँछ । तातो पानी पिइरहने, चिसोबाट बच्ने र आराम गर्नाले यस्ता लक्षणको घरेलु उपचार पनि छ । ज्वानोपानी, अदुवापानी, जिरापानी पिउँदा शरीरमा रक्तसञ्चार प्रणाली पनि राम्रो रहन्छ । शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।

सबै रुघाखोकी, ज्वरो, घाँटीमा समस्या, एलर्जीजस्ता समस्या कोभिड–१९ का लक्षण नहुने भएकाले नआत्तिई स्वास्थ्य परीक्षण गराउन चिकित्सकले सुझाब दिएका छन् । प्रशस्त पानी पिउँदा शरीरमा रोगप्रतिरोधी क्षमता बढ्छ ।

मेडिकल भाषामा मौसमी ज्वरोलाई ‘हे फिभर’ र ‘एलर्जिक रिनाइटिस’ पनि भनिन्छ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

बजारमा रेम्डेसिभिरको हाहाकार, ६ हजार ७ सय पर्ने औषधिलाई २२ हजार

कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको औषधि ‘रेम्डेसिभिर’लाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको छ ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X