Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
कोरोना भाइरस झापामा पीसीआर ल्याब स्थापना हुँदै

झापामा पीसीआर ल्याब स्थापना हुँदै

Published:

On: Nepal

झापा,७ असार| आइतबार बिर्तामोडमा बसेको अभियानको बैठकले झापाको कनकाई नगरपालिकास्थित कोटिहोममा नागरिकस्तरबाट पीसीआर ल्याब स्थापना हुने तोकेका छन |

संयोजक महेन्द्रकुमार गिरीको अनुसार समर्पण भवनको दुईवटा कोठामा ल्याब सञ्चालन गर्ने तयारी गरिएको छ । एकका लागि एक अभियानमार्फत रकम संकलन गरी कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापना गर्न लागिएको हो ।

व्यवस्थापन र दिगो सञ्चालनका बारेमा छलफल गरेको छ । अभियानले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरसँग ल्याब सञ्चालनबारे प्रस्ताव पठाएपनि सल्लाहमा कोटिहोममा ल्याब स्थापनाको टुंगो लागेको हो ।प्राविधिक पक्ष र आर्थिक व्यवस्थापनका बारे पनि छलफल तथा निर्णय भएको छ ।

यसअघि अभियानले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरसँग ल्याब सञ्चालनबारे प्रस्ताव पठाएको थियो । उनीहरुको सल्लाहमा कोटिहोममा ल्याब स्थापनाको टुंगो लागेको हो ।

अभियानले १ नम्बर प्रदेश सरकारलाई पीसीआर ल्याब मेसिन तथा अन्य उपकरण हस्तान्तरण गरेपछि नगरले सञ्चालनको जिम्मेवारी पाउने प्राविधान छ ।

यसैबीच, अभियानले मेसिन तथा त्यसका लागि आवश्यक पर्ने फ्रिजलगायतका अन्य सामग्री खरिदको प्रक्रिया अघि बढाइएको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । झापाका १५ वटा स्थानीय तह सहमत भए भविष्यमा सो ल्याब भएको भवनलाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने अभियानको योजना छ ।

अभियानले अन्नपूर्ण हस्पिटलका चिकित्सक वसन्त पन्त र बिर्तामोडका बायो मेडिकल इन्जिनियर मिसाल पोखरेललाई ल्याब स्थापना र त्यसको भौतिक पूर्वाधार तथा अन्य पाटोका बारेमा अध्ययनको जिम्मेवारी दिएको छ ।

ल्याबका लागि १ करोड २० लाख रुपैयाँ संकलन गर्ने अभियानको लक्ष्य रहेको छ । संयोजक गिरीले अभियानले ल्याब खरिदका लागि ८० लाख रुपैयाँ संकलन गरिसकेको बताए ।

अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख र झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेका छन् । प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ ।

कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पीसीआर परीक्षण गर्न सक्छन् ।

विभिन्न सामाजिक तथा वित्तीय संस्थाले पनि अभियानलाई सहयोग गरिरहेका छन् ।

सम्बन्धित समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

ताजा समाचार

X