Sunday, October 25, 2020

Sunday, October 25, 2020
कोरोना भाइरस रेड जोन भनेको के हो?

रेड जोन भनेको के हो?

Published:

On: Nepal

रेड जोन घोषणा गर्ने कि कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै फेरि लकडाउन हुने चर्चा चलिरहेको छ।

काठमाडौं उपत्यकालाई रेड जोन घोषणा गर्न लागिएको हल्ला जनतामा त्रास फैलायो। विश्व स्वास्थ्य संगठनले काठमाडौं उपत्यकालाई रेड जोन घोषणा गरेको भन्ने हल्ला फैलिएपछि हामीले यसबारे सोधखोज गरेका छौं।

कस्तो अवस्थामा सरकारले रेड जोन घोषणा गर्न सक्छ? के काठमाडौंलाई रेड जोन घोषणा गरिएको हो? वा नेपालका कुनै स्थान रेड जोन घोषणा गर्ने अवस्थामा पुगेका छन्? रेड जोन भनेको के हो?

यी लगायतका विषयमा हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग कुराकानी गरेका छौँ। काठमाडौं वा कुनै पनि जिल्लालाई हालसम्म रेड जोन घोषणा नगरेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले जानकारी दिए।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरले विश्व स्वास्थ्य संगठनले कुनै देश वा सहरका लागि कोभिड–१९ को जोखिमका आधारमा वर्गीकरण नगरिएको स्पष्ट पारे।

‘विश्व स्वास्थ्य संगठनले कोभिड–१९ का लागि जोखिम क्षेत्र वर्गीकरण गरेको छैन। न त कुनै देश तथा सहरलाई जोखिमका आधारमा विभाजन नै गरिएको छ। यद्यपि, कोभिड–१९को संक्रमण बढ्दै गएमा प्रत्येक देशले प्रतिकार्यका लागि आवश्यक हुने विषय पहिचान गर्न सम्बन्धित देशमा जोखिमको अवस्था र क्षमताको मूल्यांकन गरी नियमित रुपमा वर्गीकरण र अद्यावधिक गरिन्छ,’ डा जोस भ्यान्देलियरले स्वास्थ्यखबरसँग भने।

हालसम्म नेपालमा रेड जोन घोषणा नभए पनि कोरोना संक्रमण देखिएको संख्या, स्थान र मानिसहरुको आवातजावतको आधारमा स्वास्थ्य मन्त्रालयले रेड, यल्लो र ग्रिन जोन घोषणा गर्ने विषयमा छलफल भने अगाडि बढाएको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले मन्त्रालयले धेरै कोरोना संक्रमित देखिएको र धेरै मानिसको आवतजावत हुने स्थानलाई उच्च जोखिमयुक्त क्षेत्र वा रेड जोन, कम संक्रमित देखिएका तर समुदायमा संक्रमण फैलने खतरा कम भएका क्षेत्रलाई कम जोखिमयुक्त क्षेत्र वा यल्लो जोन र संक्रमित नदेखिएका र आवतजावत सामान्य रुपमा गर्न सकिने क्षेत्रलाई जोखिम रहित क्षेत्र वा ग्रिन जोनका रुपमा घोषणा गर्न सकिने व्यवस्थाबारे छलफल गरिरहेको जानकारी दिए।

रौतहट, दैलेख, कपिलवस्तु, सर्लाही, महोत्तरी, सुर्खेत, दाङ, धनुषा, रुपन्देही, बाँके, अर्घाखाँची र कैलाली गरी हालसम्म १२ जिल्लामा २ सय भन्दा बढी संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार साँझसम्मको तथ्यांक अनुसार २३ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ति मध्ये १ हजार ७ सय ७२ जना संक्रमण मुक्त भएका छन्।

सम्बन्धित समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

ताजा समाचार