Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
कोरोना भाइरस ९२ दिनपछि डिस्चार्ज

९२ दिनपछि डिस्चार्ज

Published:

On: Nepal

४३ दिन कोमामा भएका बेलायतका स्टिब ह्वाइट सबैभन्दा लामो समय ९२ दिन अस्पताल बसेर निको हुन सफल भएका छन् । डाक्टरहरुले उनको बाँच्ने सम्भावना एक प्रतिशत मात्र भएको बताएका थिए ।

काउन्टी अस्पतालमा १९ मार्चमा भर्ना भएका ५६ वर्षीय स्टिब ह्वाइट कोरोनाभाइरस संक्रमणपछि ९२ दिन अस्पताल बसेर घर फर्किएका छन् । उनलाई १८ जुनमा डिस्चार्ज गरिएको छ । उनी पेशाले नर्तक हुन् ।

लामो समय उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनले ६७ दिन सघन उपचार कक्ष (आईसीयू) मा बिताए । लामो समय भ्यान्टिलेटरमा राखिएका दुईतिहाइ संक्रमितको मृत्यु हुने गरेको छ । तर उनी सबैभन्दा लामो समय अस्पतालमा बसेर निको हुन सफल भएका छन् ।

डाक्टरहरु भन्छन्, “जब होसमा आएँ म एकदम डरलाग्दो अनुभव गरिरहेको थिएँ । किनकि मलाई केही पनि याद आइरहेको थिएन । घाँटी प्वाल पारेर अक्सिजन दिएकाले आवाज आइरहेको थिएन ।” उनी ४३ दिन कोमामा थिए ।

यही बीचमा उनको छोरीले फोन “मिसिङ यु, पापा ।” त्यसपछि उनको स्वास्थ्य सुधार हुन थालेको थियो । कोरोनासँग जुधिरहेका मान्छेहरुका लागि हिम्मत नहार्न पनि उनले उपचाररत संक्रमितलाई आग्रह गरेका छन् र आशाको किरण रहेको बताएका छन् ।

उनले सबैलाई धन्यवाद दिए । यो घटना ‘अद्भुत’ भएको ‘हिरो’ भनेर बनेलाएका अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन् । उनको अहिले बेलायतमा निकै चर्चा भइरहको छ ।

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

खाली पेटमा यी कुरा खाँदा ध्यान दिऔँ नत्र बिरामी पर्न सक्छ

हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ ।

यी हुन् पहिलो नेपाली कोरोनाविरुद्धको खोप लगाउने

रुसको राजधानी मस्कोमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्।

स्वास्थ्य फाइदा बोक्रामा कालो दाग भएको केरा

छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X