Tuesday, December 1, 2020

Tuesday, December 1, 2020
आर्थिक विद्युत् खपत सरकारनै बाधक

विद्युत् खपत सरकारनै बाधक

Published:

On: Nepal

सोमवार, असार ८ | आन्तरिक बजारमै १० वर्षभित्र १५ हजार मेगावाट उत्पादन गर्ने र त्यसमध्ये १० हजार मेगावाट खपत गर्ने । कोरोना महामारी र लकडाउनपछि त विद्युत्को माग एक हजार मेगावाट हाराहारीमा । यसमा पनि पाँच वर्षभित्र पाँच हजार मेगावाट खपत पु-याउने योजना थियो । ठूलै चमत्कार नभए अबको ३ वर्षमा १० हजार मेगावाट खपत पुग्ने सम्भावना एकदमै कम छ ।

कोरोना महामारीअघिको सामान्य अवस्था नै हेर्ने हो भने विद्युत्को खपत पिक आवरमा बल्ल १२ सय मेगावाट पुगेको थियो । सरकारको घोषणा सकिन अब ३ वर्ष बाँकी छ ।

आन्तरिक विद्युत्को खपत बढाउन सक्ने अवस्था हुँदै नभएको होइन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका महासचिव आशिष गर्गको भनाइमा अहिले रहेका १० लाख रहेको पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रतिस्थापन गरी विद्युतीय सवारी साधनबाट दुई हजार मेगावाट तथा दाउरा र ग्यासलाई विद्युत्मार्फत विस्थापन गर्नसके झण्डै अर्को दुई हजार मेगावाट विद्युत् खपत बढाउन सकिने अवस्था छ ।

यो एकै वर्ष नभए पनि सरकारले यसलाई वृहत् अभियानको रुपमा अघि बढाए केही वर्षमा सम्भव छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको भनाइमा विद्युतीय सवारीसाधन र चुलोसँगै व्यापक रुपमा विद्युत्मार्फत लिफ्ट सिँचाइ पनि अर्को विद्युत् खपत बढाउने बाटो हो । पूर्व ऊर्जासचिव सुमन शर्मा त अझै सबै उद्योगहरूमा डिजेल-पेट्रोलको सट्टा गुणस्तरीय र भरपर्दो विद्युत् पु-याउन सके पनि विद्युत्को खपत बढाउन सकिन्छ ।

स्वदेशी विद्युत् उत्पादन वृद्धिका लागि प्रशस्त सम्भावना भए पनि र भाषणमा प्रधानमन्त्री र मन्त्रीले विद्युत् खपतका लागि विशेष योजना बनाउन लागेको बताए पनि आगामी वर्षका लागि सार्वजनिक बजेट तथा कार्यक्रममा भने सरकार आफै विद्युत् खपत विरोधीको रुपमा प्रस्तुत भयो । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुका सट्टा ८५ प्रतिशतसम्म कर बढायो ।

यस्तै, इण्डक्सन चुलोका लागि ५ प्रतिशत करमात्र बढाइएन, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आगामी वर्ष एक लाख इडक्सन चुल्हो बाँड्नका लागि मागेको जम्मा ४० करोड बजेट पनि छुट्याइएन । विद्युत् खपत बढाउनका लागि उद्योगीहरूले औद्योगिक क्षेत्रमा २० प्रतिशत विद्युत् महशुल घटाउने प्रस्ताव गरेका थिए, त्यसलाई सम्बोधन भएन ।

अझ लिफ्ट सिँचाइका लागि बजेट पनि पर्याप्त छुट्याइएको छैन । “विद्युत् खपत बढाउनका लागि सट्टा सरकार उल्टो बाटोमा हिँड्यो, न विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरियो, न चुलोलाई नै,” इप्पानका महासचिव गर्ग भन्छन्, “विद्युत्को खपत घटेर चिन्ता भइरहेको बेला उल्टै वृद्धिको सम्भावनालाई खुम्चाउने काम भयो ।”

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा विद्युतीय सवारी साधनले खासै विद्युत्को खपत नबढ्ने तर्क गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने विद्युत् महशुल वृद्धिको समायोजन हुँदा रातिको समयमा उद्योग सञ्चालन गरेमा आधा मात्र महशुल तोकिएको तथा सवारी साधनको चार्जिङमा ठूलो छुट गरेकोले खपत वृद्धिका लागि प्रयास भएको बताउँछन् ।

पूर्वसचिव शर्मा विद्युतीय सवारी साधनले विद्युत् खपत वृद्धि गर्दैन भनेर तर्क गर्नु गलत भएको बताउँदै विद्युत् खपत बढाउनका लागि उद्योगधन्दामा प्रयोग हुँदै आएको डिजेल-कोइलाको पूर्ण रुपमा प्रतिस्थापन गर्नुपर्ने बताउँछन् ।

एक जलविद्युत् प्रवद्र्धकले “कुतर्कले जति जितेपनि विद्युत्ीय सवारी साधनलाई निरुत्साहित गर्नु जलविद्युत् आयोजना नबनाउने नदिने विगतदेखिको श्रृंखलावद्ध गलत अभियानको निरन्तरता हो ।” “पेट्रोलियम व्यवसायीलाई खुसी पार्न विद्युतीय सवारीसाधनमै कर बढेपछि त्यसको चास्नी त सीमित सरकारी व्यक्तिसम्म त पुग्यो होला, तर यसले समग्र ऊर्जा क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने निश्चित छ,” भने |

सम्बन्धित समाचार

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

प्रहरी बोलाइन् आफ्नै घरको दराज फोरिन्, लाखौं मुल्यका गहना अन्तै लुकाएर चोरी भयो भन्दै

श्रीमानसंग सम्बन्ध विग्रदै गएपछि उनीसंग अलग हुन गरेको नाटक एकै छिनमा खुलेपछि महिला पक्राउ परेकी छन् । दिनभरी प्रहरी कार्यालयमा श्रीमानले या त ना दिएको भन्दै छलफल गर्न बसेकी महिला घर फर्कने वित्तिकै घरमा चोरी भएको भनेर फेरी प्रहरी गुहारीन् ।

बुबाले नै सु’टर मार्फत गो’ली प्र’हार ग’री प्रेममा परेकी अमृतालाई ह’त्या गरेको खु’लासा

नेपाल अनलाइन पत्रिका | काठमाडौं: रौतहटहमा प्रेमीसंग भागे इ'ज्जत जा'ने ड'रले बुबाले आफ्नै छो'रीको सु'टर मार्फत गो'ली प्र'हार गराइ ह'त्या गरेको रह'स्य खुलेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार