Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल १२ हजार नेपालीमात्र उद्दार

१२ हजार नेपालीमात्र उद्दार

Published:

On: Nepal

करिव १२ हजार विभिन्न देशमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई मात्रै उद्दार गर्ने भएको छ । पहिलो चरणमा १२ हजारलाई मात्रै उद्दार गर्ने भएको हो । विभिन्न मुलुकमा समस्यामा परेका करिब २५ देखि ३० हजार नेपाली नागरिकलाई उद्दार गर्ने भने|

नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जुन ३० अर्थात असार १६ गतेसम्म करिब १२ हजार नेपाली ८० वटा चार्टर उडानमाफर्त स्वदेश आइपुग्ने जानकारी दिए ।

आहिलेसम्म करिब ४ हजार विदेशी नागरिक स्वदेश फिर्ता भइसकेको छ । पर्यटन मन्त्रालयका सचिव अधिकारीले अगस्त महिनादेखि अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तयारी भइरेहको पनि बताए ।

उनले जुलाईको अन्त्यदेखि अगस्त महिनाको पहिलो सातासम्म ७० देखि ८० राष्ट्रले अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने तालिका सार्वजनिक गरेको अवस्थामा नेपालले पनि सोही अनुसारको तयारी गरिरहेको बताउँदै पहिलो चरणमा संक्रमण कम भएका मुलुकबाट उडान सुचारु गर्ने गरी छलफल भइरहेको बताए ।

यद्यपि, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले बढी संक्रमण भएको मुलुकको सूचीमा राखे भने उडान हुने मिति अझै अनिश्चित हुने उनको भनाइ छ ।

७९ मुलुकबाट ५८ हजार ९ सय ७८ जना आउने चाहे पनि कतिपय मुलुकले उडान गर्दा सामान्य परीक्षण पनि नगरेको तथा कतिपय मुलुकबाट सानो संख्यामा मात्रै आउने चाहेका कारण समस्या भएको बताउँदै पीसीआर परिक्षणबिनै फिर्ता पठाउने भएपछि हालसम्म १० वटा उडान रद्द भइसकेको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले जानकारी गराए ।

५ हजार जना फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिबार १ हजार ३९ र आइतबार १ हजार १४२ भन्दा नेपाली स्वदेश फर्किएका छन् । पछिल्लो एक सातामा विदेशमा अलपत्र ५ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

४० शव वटा ल्याईयो

लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । यही साता विदेशमा निधन भएका नेपालीहरुको शव समेत नेपाल ल्याउने क्रम सुरु भएको छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए ।

सम्बन्धित समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।