Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
शिक्षा SEE को Result यसरी निकालिनेछ

SEE को Result यसरी निकालिनेछ

Published:

On: Nepal

विद्यालयले पछिल्लो पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा SEEका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि स्वीकृत गरेको छ । यो कार्यविधि २०७६ सालमा एसईई परीक्षा दिने ४ लाख ८२ हजार विद्यार्थीका लागि मात्र लागू हुनेछ ।मन्त्रिपरिषद्को बैठकले जेठ २८ मा एसईई परीक्षा रद्द गर्दै विद्यालयले गरेको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त निर्णयको आधारमा बोर्डले विद्यालय तहमा नै मूल्यांकन समिति बनाएर विद्यार्थीले प्राप्त गरेको अंक संकलनसहित नतिजा प्रकाशन गर्नेसम्मको कार्यविधि स्वीकृत गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको संयोजकत्वमा तीन सदस्यीय कार्यविधि निर्माण समिति गठन भएको थियो । समितिले विद्यार्थीको अन्तिम प्राप्तांक तय गर्ने तरिका (सूत्र) सहित कार्यविधि तयार पारेको हो बोर्डले मंगलबार कार्यविधि स्वीकृत गरेर जारी गरेको अर्यालले जानकारी दिए । सामान्यतया विद्यालयमा पहिलो दोस्रो र अन्तिम त्रैमासिक परीक्षा सञ्चालन हुन्छ ।

त्यसपछि मात्रै एसईई परीक्षा लिने गरिएको थियो । यस पटक कोरोना महामारीका कारण SEE Examination रद्द भएसँगै परीक्षार्थीलाई यसअघि अन्तिम पटक सञ्चालित परीक्षाका आधारमा प्रमाणपत्र दिने गरी कार्यविधि बनाइएको सदस्य सचिव अर्यालले जानकारी दिए । उनका अनुसार कुनै विद्यालयले अन्तिम त्रैमासिक परीक्षा सञ्चालन नगरेका रहेछन् भने दोस्रो त्रैमासिक परीक्षालाई नै अन्तिम परीक्षा मानिनेछ ।

दोस्रो त्रैमासिक परीक्षा पनि सञ्चालन नगर्ने विद्यालयले कार्यविधिको सूत्र प्रयोग गरेर पहिलो त्रैमासिक परीक्षाका आधारमा नै अंक पठाउन सक्छन् । सोही अंकलाई आधार मानेर एसईई परीक्षाको प्रमाणपत्र जारी हुनेछ ।

‘विद्यालयले जुन परीक्षा सबैभन्दा पछिल्लो पटक लिएको छ त्यसलाई अन्तिम परीक्षाको मान्यता दिने कार्यविधिले तय गरेको छ परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले भने जति पूर्णांकको परीक्षा सञ्चालन गरेको भए पनि त्यसलाई शतप्रतिशत पूर्णांकमा रूपान्तरण गर्ने सूत्र तयार पारेका छौं ।’

प्राप्तांक सिफारिस गर्न समितविद्यार्थीले आन्तरिक परीक्षामा प्राप्त गरेको अंकलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई हुँदै बोर्डमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसका लागि विद्यालय तहमा नै मूल्यांकन समिति रहनेछ । प्रधानाध्यापक अध्यक्ष रहने तीन सदस्यीय मूल्यांकन समितिले विद्यार्थीले ल्याएको अंक सिफारिस गर्ने अर्यालले जनाए । समितिमा कक्षा १० का कक्षा शिक्षक र नियुक्तिका आधारमा ज्येष्ठ शिक्षक सदस्य रहनेछन् ।

उक्त समितिले विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकनको विवरण कायम गर्नेछ । विवरण कायम गर्न बोर्डले नमुना फारमसमेत तय गरेको छ । विद्यार्थीको प्राप्त अंकसहितको फारम समितिका सदस्यहरू र इकाई प्रमुखले प्रमाणित गर्नुपर्नेछ ।

सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकनका लागि छुट्टाछुट्टै सूत्र कायम गरिएको छ । प्रयोगात्मक अंकका लागि विद्यालयले यसअगाडि नै परीक्षा सञ्चालन गरी इकाईमा पठाइसकेको विवरणलाई मान्यता दिइनेछ नियमित आंशिक र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन आवेदन फारम भरेका साधारण संस्कृत र प्राविधिक धारका विद्यार्थीहरूको अलगरअलग फारम तयार पारेर पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

‘परीक्षा आवेदन फारम भरेका परीक्षा दस्तुर बुझाएका र पाठ्यक्रमले तोकेबमोजिम न्यूनतम ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीहरूको मात्र मूल्यांकनबापतको अंक पठाउनुपर्नेछ कार्यविधिमा भनिएको छ । त्यसरी पठाएको अंक नतिजा प्रकाशन नभएसम्म गोप्य राख्नुपर्ने प्रावधान छ ।

सम्बन्धित समाचार

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

यो वर्ष परीक्षा नहुने, मूल्यांकनबाटै विद्यार्थी उत्तीर्णको व्यवस्था

कोरोना महामारीका कारण यो वर्ष वैकल्पिक माध्यमबाट अध्ययनअध्यापन भइरहेको छ। अनलाइन, रेडियो, टेलिभिजन, स्वाध्याय सामग्रीमार्फत पठन पाठन भइरहेको छ।

स्नातक/ स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे अनलाइन अभिमुखीकरण

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको स्नातक/स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालनबारे मङ्गलबार ख्वप इन्जिनियरिङ कलेजका प्राध्यापक र कर्मचारीहरूबीच अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

सरकारले निःशुल्क इन्टरनेट जाेडीदिने छोरी भएकाे घरमा | सरकारकाे नयाँ नियम (विवरण सहित)

प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।।

ताजा समाचार

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।

चेन्नईले राजस्थानविरुद्ध पहिला ब्याटिङ गर्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन

नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने डिजाइन बनेको छ । सचिवालय डाकेर ओलीको राजीनामा माग्ने र नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र डिजाइन भएको हो ।
X