Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाली चलचित्र अश्लेषाको अन्तर्वार्तापछि सुषमा पनि खनिइन् पूजामाथि, के होला कारण ?

अश्लेषाको अन्तर्वार्तापछि सुषमा पनि खनिइन् पूजामाथि, के होला कारण ?

Published:

On: Nepal

काठमाडौं । नेपाली फिल्म इण्डस्ट्रीमा गुट, स्वार्थ समूह, झुण्ड बनाएर अर्को पक्षलाई पछार्ने खेल बेस्सरी चल्ने गरेको तथ्य पछिल्लो समयमा सार्वजनिक हुन थालेका छन् । नायिका अश्लेषा ठकुरीले एउटा अन्तर्वार्तामा त्यस्तो तथ्य उजागर गरेपछि उनको पक्ष र विपक्षमा बहस हुन थालेका छन् ।

पछिल्लो समय नायिका अश्लेषा ठकुरीको अन्तर्वार्ता आएपछि त्यसलाई शेयर गर्दै नायिका सुषमा कार्कीले पनि उनको पक्ष लिँदै लामो स्टाटस लेखेकी छन् । कार्कीले अश्लेषा ठकुरीको भनाइमा नेपाली फिल्म इण्डस्ट्रीको फोहरी कथा र एउटा पीडा लुकेको उल्लेख गरेकी छन् ।

उनले पनि आफ्नो क्षमतामा आफैलाई पत्यार नभएका मान्छेहरुले समूह बनाएको र त्यो समूहमा आफूभन्दा पनि निकम्मा र कमजोर पात्रलाई राख्दै लुकेर शिकार गर्ने, चरित्र हत्या गर्ने र इण्डस्ट्रीमा नयाँ मान्छे आएपछि त्यसलाई प्रतिष्पर्धीमात्र देख्ने घटिया सोच रहेको तथ्य उजागर गरेकी छन् ।

नायिका ठकुरीको अन्तर्वार्ताका कुराहरु नायिका पूजा शर्मातिर लक्ष्यित देखिन्छन् भने नायिका कार्कीको स्टाटस पनि उनीतिरै सोझिएको छ ।

नायिका कार्कीको स्टाटस जस्ताको तस्तै

नायिका अश्लेशा ठकुरीको भनाइभित्र एउटा पीडा र नेपाली फिल्म इण्डष्ट्रीको फोहरी कथा लुकेको छ । आफ्नो क्षमतामा आफैलाई पत्यार नभएका मान्छे समूह बनाउँछन् । समूह बनाउँदा आफूभन्दा कमजोर पात्र र निकम्मा मान्छे रोज्छन् ।

सिंहजस्तो आत्मबल हुँदैन, झुण्डमा बस्ने, लुकेर शिकार गर्ने, अरुको चरित्रहत्या गर्ने, नयाँ मान्छे आउँदा सबैलाई प्रतिस्पर्धी मात्र देख्ने घटिया मनस्थिति हुन्छ । यसरी पर्दा पछाडिबाट अरुको क्यारियर सिध्याउन खोज्नेहरु अन्तिममा गएर भित्ताको छिप्किलीसम्म बन्दछन् । यिनीहरु मालिक बन्न सक्दैनन् । सधैं दास बन्नेछन । केही दिन दुई चारवटा ल्यापटपे (मिडिया भन्न नमिल्ने) को प्रयोग गरेर लुकेर अरुलाई सिध्याउने मती भएका फिल्म इण्डष्ट्रीका बदनाम बेसारेले गर्ने नै यस्तै हो ।

तर एउटा महिला भएर, अर्को एकजना बहिनीलाई सिध्याउन अनेक कुकर्म गर्न भ्याउनेलाई के भन्ने ? यस्ता घुसघुसे, प्रतिभाहीन, स्तरहीन, दुईचार जनाको कारण भोलि कसैले आत्महत्या गर्यो भने कसले जवाफ दिने ? नेपालमा खासगरी नेपाली नायिकाहरुको चरित्र हत्या गर्न खोज्न,े उनीहरुको सामाजिक जीवन धमिल्याउन खोज्नेहरु स्तरहीन समाचार निकाल्नेहरु, आफूसँग कला नभएपछि अरुको खुट्टा तान्ने, बदनाम गर्नेहरु चिनिराख्नु पर्छ ।

कुनैबेला तिमीहरुलाई कानुनले समात्छ, नभए जनताले डामेर छोडनु पर्छ । लड्ने हिम्मत भएको मान्छे आफै शेरजस्तो गर्जिए हुन्छ । मुसाजस्तो लुकेर अरु नायिकाहरुको जुत्ता नटोकेको राम्रो । यस्ता पात्र र प्रवृत्तिलाई सबैले चिन्नुपर्छ, र हरेक अप्रिय घटनाको जवाफ माग्नु पर्छ ।

सम्बन्धित समाचार

पल शाहले सियोनाको लागि दशै दक्षिणा स्वरुप टिकाकै दिन १ लाख प्रदान

यतिबेला दशैको माहौल छ । मान्यजनबाट टीका र आशीर्वाद लिने क्रम चलिरहेको छ । यता सेलिब्रेटिहरुले पनि आफ्नो दशै टिकाको तस्वीरहरुलाई सामाजिक संजाल फेसबुकमा सार्बजनिक गरिरहेका छन् ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

आइसोलेसनमा रहेका हरिवंश आचार्य भन्छ्न: कोरोनालाई खेलाचीँ नठानौँ, यो बलियो शत्रु नै हो

तिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भएपछि यतिखेर होम आइसुलेसनमा बसिरहेका छन्।

प्रचण्डकी नातिनी स्मिताको सलोनसँग रिल बिवाह

प्रचण्डकी नातिनी अर्थात गायिका स्मिता दाहाल एक म्युजिक भिडियोका लागि बेहुली हुनुपरेकी छन् ।

ताजा समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।