Monday, October 26, 2020

Monday, October 26, 2020
कोरोना भाइरस सरकारले बनाएको क्वारेन्टाइन असुरक्षित

सरकारले बनाएको क्वारेन्टाइन असुरक्षित

Published:

On: Nepal

१२ असार २०७७, शुक्रबार| कोरोना भाइरसका कारण रोजगारीमा बाधा परेर ४ वर्षपछि कतारबाट भिसा रद्ध गरेर हेटौंडा–११ का २८ वर्षीय राज भट्टराई नेपाल फर्किनुभएको हो ।

सरकारले बनाएको बाग्मती प्रदेश क्वारेन्टाइनमा सुरक्षित नभइने हो कि भन्ने लागेर भट्टराई प्रमुख हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतसँग अनुमति लिएर उहाँ होम क्यारेन्टिनमा बस्न थाल्नुभएको हो ।

मकवानपुरका ८ जनालाई उहाँलाई जिल्ला समन्वय समिति मकवानपुरले फरेस्ट्री क्याम्पसमा निर्माण गरेको होल्डिङ सेन्टरमा राखेको थियो । असार ९ गते हिमालयन एयरलाइन्सबाट नेपाल फर्किनुभएका

कहाँ र कसरी बस्ने भन्ने अन्योल काठमाडौं विमानस्थलबाट मकवानपुर ल्याइएपछि भट्टराईले अनुभव सुनाउनुभयो ।

पहिला ज्वरो नाप्न हेटौंडा अस्पताल लगिएको थियो । तापक्रम सामान्य भएपछि क्वारेन्टाइनमा बस्न भनियो । तर, क्वारेन्टाइनमा झन् कोरोना जोखिम होला कि भन्ने डरले होम क्वारेन्टाइन उपयुक्त लाग्यो’, उहाँको कथन छ– ‘सबैतिरबाट आएका मानिसहरू एउटै ठाउँमा बस्दा कोरोना भएका रहेछ भने झनै डर हुने भएकाले घरमै सुरक्षित हुन्छ जस्तो लागेर सुरक्षा उपाय अपनाउँदै स्थानीय सरकारको अनुमतिमा म व्यवस्थित तवरले होम क्वारेन्टाइनमा बसेको छु ।

घरनजिक खालि रहेको छिमेकीको घरमा उहाँलाई बस्ने प्रबन्ध मिलाइएको छ । उहाँका बुबा रामप्रसाद भट्टराईले कोरोनाको जोखिम नहोस् भनेर छुट्टै स्थानमा व्यवस्था मिलाउनुभएको हो । ‘आफूमा कोरोना रहेछ भने अरूलाई सर्ला भन्ने डर हुने र अरूका कारण छोरालाई पनि जोखिम नहुने भएकाले यसरी घरमै राखेका हौं ।’ –उहाँको बुबाले बताउनुभयो ।

उहाँ बस्ने घरमा कोही आउ–जाउ नहुने गरी डोरीले बारेर घेरा लगाइएको छ । उहाँले प्रयोग गर्ने सामानदेखि शौचालयसम्म अरुले प्रयोग गरेका छैनन् । हुन त उहाँमा कोरोना लक्षण देखिएको छैन । तर, पनि सुरक्षा नै कोरोनाको आधा औषधि हो भन्नेमा भट्टराईलाई विश्वास लागेको छ । सार्वजनिक क्वारेन्टाइनमा सबैले एउटै शौचालय प्रयोग गर्दा कोरोनाको त्रास बढ्ने पनि देखिन्छ ।

वडामा हवाईमार्गबाट नेपाल आउने संख्या बिहीबारसम्म १० जना रहेको वडाध्यक्ष गोकर्ण पराजुलीले बताउन्ुभयो । उहाँका अनुसार १० जना सबै होम क्वारेन्टाइनमा छन् ।

गोल्फेन्टार, सडकटोल, डाङ्डुङे र सरस्वती टोलका १० जना विदेशबाट फर्किएकाहरु विशेष सुरक्षा अपनाएर होम क्वारेन्टाइनमा बसेको पराजुलीले बताउनुभयो । मकवानपुरमा चार्टर विमानमार्फत नेपाल आउनेको संख्या ३ सय ६६ पुगेको छ ।

सबै जनाको नजरमा होम क्वारेन्टाइन प्रभावकारी मानेको बुझिन्छ । आफ्नो वडामा क्वारेन्टाइनमा बसेकालाई बेला–बेलामा स्वास्थ्य अवस्था बुझ्न जाने गरेको वडाध्यक्ष पराजुलीले बताउनुभयो ।

नेपाल आइसकेकालाई काठमाडौंबाट होल्डिङ सेन्टरमा लैजानुअघि ज्वरो जाँचिन्छ, शरीरको तापक्रम सामान्य भए होल्डिङ सेन्टरमा केही समयका लागि राखिन्छ । कोरोनाको लक्षण भेटिए आइसोलेसनमा लगिन्छ ।

लकडाउनका कारण विदेशमा रोजगारीको करार समाप्त भएका, लकडाउनका कारण काम गर्न नपाएर अलपत्र परेका र अन्य समस्या परेर स्वदेश फर्कन चाहने नेपालीलाई चार्टर विमानमार्फत धमाधम नेपाल फर्काइँदै छ ।

सम्बन्धित समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

ताजा समाचार