Thursday, October 29, 2020

Thursday, October 29, 2020
नागरिकता नागरिकताको दुरुपयोग गर्दा सजायमा उल्लेख्य बढाए

नागरिकताको दुरुपयोग गर्दा सजायमा उल्लेख्य बढाए

Published:

On: Nepal

समितिले टुंग्याएको विधेयकमा नागरिकता अरुलाई दिलाउँदा वा त्यसको दुरुपयोग गर्दा हुने सजायलाई उल्लेख्य वृद्धि गरेको छ।

मंगलबार संसदमा पेश गरेको प्रतिवेदनमा कैद वा नगद जरिवानामध्ये एक हुने वा दुवै सजाय गर्न सकिने व्यवस्थालाई परिर्वतन गरी दुवै सजाय गर्नै पर्ने गरी प्रतिवेदन तयार पार्ने भएको हो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता सम्बन्धी कसुरमा हुने सजायलाई उल्लेख्य वृद्धि गरेको हो।

ऐन २०६३ को दफा २१ मा भएको दण्ड सजायलाई आमूल परिवर्तन गरेको छ। अब कुनै विदेशीले झुट्टो विवरणका आधारमा नेपाली नागरिकता लिएमा पाँच वर्षदेखि सात वर्षसम्म कैद र तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ र त्यसरी प्राप्त गरेको नारिकता स्वतः रद्द हुने समितिको प्रतिवेदनमा उल्लेख छ।

नेपाली नागरिकलाई नागरिकता दिलाउन कसैले सनाखत वा सिफारिस गरेमा त्यस्तो गर्ने व्यक्तिलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

नेपालीले नै झुट्टो विवरणका आधारमा नागरिकता लिएमा पनि सजाय हुने व्यवस्था नागरिकता कानुनमा गर्न लागिएको छ। झुट्टो विवरणका आधारमा नागकिरता लिने र सच्याउनेलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय प्रस्ताव गरिएको छ।

त्यस्तै किर्ते नागरिकता बनाई प्रचलनमा ल्याउने, गराउने व्यक्तिलाई पाँच वर्षदेखि सात वर्षसम्म कैद र तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ। स्वघोषणाका आधारमा नागरिकता लिइ गलत ठहरेमा पनि त्यस्तो गर्नेलाई पाँच वर्षदेखि सात वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि तीन लाख जरिवाना गरिनेछ।

त्यस्तै आफ्नो सन्तानको नागरिकता बनाउन पहिचान नखुलाउने व्यक्तिलाई ६ महिनादेखि एक वर्ष ६ महिनासम्म कैद र पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ।

पहिलो कायम गरी दोस्रो खारेज गरिने कुरा प्रतिवेदनमा उल्लेख छ। एकभन्दा बढी नागरिकता लिएको ठहरेमा व्यक्तिलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुनेछ।

वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने व्यवस्था विरोधमा विपक्षी कांग्रेस, जसपालगायतका दल उभिएका छन्।

नागरिकतामा आफू खुशी थपघट गर्ने वा सच्याए त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई ६ महिनासम्म कैद वा १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिनेछ।

सम्बन्धित समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।