Sunday, October 25, 2020

Sunday, October 25, 2020
रोचक प्याजको धेरै फैदा जुन अरुमा पाउन सकिदैन | सबैले थाहा पौनै पर्ने

प्याजको धेरै फैदा जुन अरुमा पाउन सकिदैन | सबैले थाहा पौनै पर्ने

Published:

On: Nepal

Onion(प्याज) खाइएन भने धेरै कुरा पाउँनबाट छुटिन्छ । Onionको धेरै फैदाहरु बारेमा लेखेका छौँ जुन अरुमा पाउन सकिदैन। तपाईलाई उपयोगी हुनेछ । प्याज तरकारीमा मसलाको रूपमा प्रयोग गरिने मसला फल हो । यो प्रायः सबै ठाउँमा उत्पादन हुन्छन् । हामीले हाम्रो सब्जी स्वास्दिलो बनाउन ब्याज जरुरि हुन्छ । सबैको भान्सा कोठामा प्याज हुन्छ ।

यस्ता रोगहरुबाट प्याजले छुटकार दिलाउछ

Kidney Stone: बिहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिउनुहोस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।

Anemia: दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन् ।

Sore throat: रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुहोस् ।

Blood pressure: प्याजमा पाइने मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउनुहोस् ।

Constipation: प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक हुन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।

Diabetes: काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।

गर्मीमा काँचो प्याज खानुका फाइदा
क्यान्सरसँग लड्छः युनिभर्सिटी अफ गुएल्फका अनुसार रातो प्याजले स्तन र पेटको क्यान्सरलाई नष्ट गर्न सहयोग गर्छ । यसमा क्वेरसेटिन र एन्थोसायनिन तत्व अत्यधिक पाइने हुनाले क्यान्सरको जीवाणुलाई नष्ट गर्छ ।

मुटु स्वस्थ राख्छः रातो प्याजमा पाइने फ्लेभोनोइडले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा ओर्ग्यानोसल्फर पनि अत्यधिक पाइने भएकाले मुटु रोगबाट लड्न सहयोग गर्छ । अर्जेन्टिनामा भएको एक शोधका अनसार प्याजमा पाइने ओर्ग्यानोसल्फरले हृदय रोगको समस्यालाई टाढै राख्छ । प्याजमा हुने थियोसल्फिनेट तत्वले रगतलाई प्राकृतिक रुपमा पातलो बनाएर हृदयघातबाट जोगाउँछ ।

प्याजले कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रणमा राख्छ । जसका कारण मुटु स्वस्थ हुन्छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसको एक रिपोर्ट अनुसार प्याजमा पाइने फ्ल्याभोनोइड्सले मोटो व्यक्तिहरुको ‘ब्याड कोलेस्ट्रोल’ हटाउन सहयोग गर्छ ।

रगतमा चीनिको मात्रा घटाउँछ: प्याजमा पाइने सल्फर (एस–मिथाइलसिस्टेन) र क्वेरसेटिनले रगतमा चीनिको मात्रा कम गर्न सहयोग गर्छ । यद्यपी, प्याजलाई नियमित रुपमा मधुमेहको औषधीसँगै खाँदा मात्र यसले प्रभावकारी ढङ्गले काम गर्छ ।

पाचन क्रियालाई मजबुत बनाउँछ:
प्याजमा पाइने इनुलिन नामको फाइबरले पाचन क्रियालाई बलियो बनाउने काम गर्छ । इनुनिलले आन्द्राका लागि आवश्यक ब्याक्टेरिया पैदा गर्दछ । यो फाइबर खाँदा यसले शरिरमा स्वस्थ ब्याक्टेरियाको स्तरलाई कायम राख्न सहयोग गर्छ ।

प्याजमा पाइने अर्को प्रकारको फाइबर  ओलिगोफ्रुक्टोसले विभिन्न प्रकारको झाडालाई निको पार्ने क्षमता राख्छ । यस्तै फाइटोकेमिकल तत्वले ग्यास्ट्रिक अल्सरको जोखिमलाई नियन्त्रणमा राख्छ । प्याजमा पाइने प्राकृतिक प्रिबायोटिक्सले कब्जियतमा पनि राहत दिलाउँछ । प्याजले पेट दुख्ने समस्या, पेटको किरालाई नष्ट गर्ने गर्दछ ।

रोग प्रतिरोधी क्षमतामा वृद्धि: प्याजमा सेलेनियम हुन्छ जसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा पाइने मिनरलले पनि रोगबाट लड्ने क्षमता प्रदान गर्छ । प्याजलाई रसियामा रुघा खोकी लाग्दा औषधीको रुपमा प्रयोग गरिन्छ ।

निन्द्रामा सुधार: प्याजमा प्रोबायोटिक हुन्छ जसले निन्द्रामा सुधार र तनाव कम गर्ने अनुसन्धानले बताएको छ ।

स्वस्थ यौन स्वास्थ्य: पश्चिमी युगान्डामा प्याजलाई बाँझोपन र इरेक्टाइल डिस्फक्सनमा उपचारका लागि प्रयोग गरिन्छ । प्याजले विशेषगरी पुरुषलाई फाइदा गर्ने बताइएको छ । प्याजको रसमा मह मिसाएर पिउँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि गर्दछ ।

प्याजको बोक्राको औषधिय गुण यस्तो छ

प्याजको बोक्रा प्राय हामीले फल्ने गर्छौ। तर, प्याजको बोक्रा फाल्नु हुँदैन । यसमा धेरै औषधिय गुण पाइन्छ । त्यसैले प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ ।

सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ । यसका फाइदाहरु यस प्रकार छन्ः

हेयर कन्डिसनरको रुपमा प्रयोगः
नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम बनाउँछ ।

कोलेस्ट्रोल कम गर्न सहयोगीः
प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई कम गर्न सहयोग गर्दछ । यसका लागि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् ।

पेटको संक्रमणबाट बचाउः
प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन् भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।

क्यान्सरबाट बचाउः
प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।

एन्टी इन्फ्लामेटरी गुणः
यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।

किरा, लामखुट्टेबाट राहतः

यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ भने यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन् ।

काँचो प्याजका अन्य प्रयोग
लाम्खुट्टेले टोक्दा :
लाम्खुट्टेले टोकेको ठाउँमा प्याज काटेर दल्दा फुलेको र फोका आएको निको हुन सहयो हुन्छ ।

कपाल झरेको :
कपाल धेरै झर्ने गरेको छ भने प्याज दल्नुस् । कपाल झर्न बन्द हुन्छ ।

कुकुरले टोक्दा :
कुकुरले टोक्यो भने त्यसमा प्याज पिँधेर र मह मिसाएर पेस्ट बनाएर लगाउनुस् । संक्रमण रोकिन्छ ।

पैताला पोल्दा :
पैताला पोलेमा पैतालामा प्याज दल्नुस् । पोल्न छोड्छ ।

सम्बन्धित समाचार

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, १३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ५५ हजार २३३ पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

रु’घा खो’कीको औ’षधि घरकै भा’न्सामा सहजै उपलब्ध हुन्छ। यसरी प्र’योग गर्नुहोस्

अहिले रु’घाखोकी लाग्नसाथ धेरैको मनमा आ’शंका पैदा हुन्छ, कतै को’रोनाको कारण त होइन ।

ताजा समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।