Wednesday, October 21, 2020

Wednesday, October 21, 2020
आर्थिक शिक्षक र व्यवसायीका लागि राहतका प्याकेज ल्याउन सरकारसँग माग

शिक्षक र व्यवसायीका लागि राहतका प्याकेज ल्याउन सरकारसँग माग

Published:

On: Nepal

२०७७ असार १२ शुक्रबार | राष्ट्रिय सभा बैठकमा शिक्षक र व्यवसायीका लागि शिक्षकलाई राहत र व्यवसायीले बैंकमा तिर्नुपर्ने ब्याज मिनाहा गरिदिन सरकारसँग आग्रह गरिएको छ । शिक्षक तथा कर्मचारी निकै अप्ठ्यारोमा रहेकाले तत्काल राहतका प्याकेज ल्याउन सरकारसँग सांसद डा. विमला राई पौडेलले माग गरेकी छन् ।

‘असार १ गतेबाट अनलाइनमार्फत पढाउन थालियो तर अनलाइनको नाममा शुल्क लिन पाइँदैन भनेर विद्यार्थी संगठनले दबाब दिएका छन्’,उनले भनिन् |

कारोना–१९ महामारीका कारण उत्पन्न विषम परिस्थितिमा संस्थागत विद्यालय (निजी) मा कार्यरत शिक्षक तथा कर्मचारीलाई जीविका चलाउनसमेत धौधौ भएको उनले जानकारी गराइन् । उनले प्रश्न गरिन्, ‘अब शिक्षकले कसरी जीवन धान्ने ? शिक्षकले आफ्नो परिवार कसरी पाल्ने ? के खाएर बाँच्ने ? भोलि विद्यालय खुल्दा शिक्षक बाँच्नुपर्छ कि पर्दैन ?’

सरकारले उद्योग धन्दाको पुनरुत्थानका लागि थुप्रै राहतका प्याकेज ल्याएको छ । पर्यटन सेवालाई पुनत्थान गर्ने भनेर पनि राहतका प्याकेज ल्याइएको छ । तर, शिक्षा र शिक्षकलाई कसरी बचाउने भन्ने विषयमा सरकारले कम ध्यान दिएको उनको आरोप छ । उनले भनिन्, ‘बजेट र नीति तथा कार्यक्रमले नै यसलाई पुष्टि गर्छ ।’

त्यस्तै, उनले संस्थागत विद्यालयलाई राहत उपलब्ध गराउन सरकारसँग अनुरोध गरेकी छन् । उनले स्थानीय तहको समन्वयमा विद्यालयको वर्गीकरण गरेर राहत उपलब्ध गराउन आग्रह गरेकी हुन्

उनले भनिन् ‘सरकारले स्थानीय तहको समन्वयमा विद्यालयलाई वर्गीकरण गरेर केही न केही राहत प्याकेज उपलब्ध गराउनुपर्छ ।’

त्यस्तै, राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेहीले व्यवसायीले बैंकलाई तिनुपर्ने  ब्याज मिनाहा गरिदिन सरकार र सम्बन्धित मन्त्रालयसँग आग्रह गरेका छन् । उनले महिनौंदेखि व्यवसाय ठप्प भएर दैनिकी नै चल्न गाह्रो भएको अवस्थामा व्यवसायीले ब्याज तिर्न नसक्ने भएकाले मिनाहा गरिदिन आग्रह गरेका हुन् ।

उनले भने, ‘गत मंसिर–पुसदेखि लगातार परेको पानीका कारण इँटा व्यवसायी मारमा परेका छन् । साथै ११ चैतदेखि सुरु भएको बन्दाबन्दीका कारण इँटा उद्योग ठप्प छन् ।’ यस्तो अवस्थामा इँटा व्यवसायीले किस्ता तथा ब्याज तिर्न नसक्ने उनको भनाइ छ ।

त्यस्तै, करिब चार महिनाको बन्दाबन्दी अवधिमा सार्वजनिक बस व्यवसायी  ठुलो मर्कामा परेको जानकारी दिँदै स्नेहीले भने, ‘बस व्यवसायीले सेवा दिन पाएका छैनन् र उनीहरूको दैनिकी सञ्चालनमा समेत समस्या भएको छ ।’

बैंकले ब्याज र किस्ताको ताकेता गर्छ भने यता सरकारले व्यवसायीसँग कर चुक्ताको ताकेता गर्छ तर अदालतले लकडाउन खुलेको एक महिनापछि मात्र कर तिर्न आग्रह गरेको छ| सरकार, बैंक र अदालतको भूमिका बाझिएको , यतिबेला व्यवसायीसँग रुनु-कराउनुबाहेक अरू केही विकल्प छैन,’ उनले भने ।

यतिबेला व्यवसायीमाथि ठुलो आपत् परेकाले सरकारले सहयोग गर्नुपर्छ उनको भनाइ छ ।

सम्बन्धित समाचार

आज कोरोना संक्रमित कति थपिए , घटे कि बढे ? (संख्या सहित)

मुलुकमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

पुरानै भाडादरमा लागू हवाइ उडान

सरकारले सवारीसाधनमा चैत ११ अगाडिकै भाडादर लागू हुने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्‍चालनमा सहजता भएको भन्दै चैत ११अगाडिकै भाडादर लागू गर्नेनिर्णय गरेको हो ।

यी दुई जिल्ला आजदेखी पूर्ण रुपमा बन्द गरिदै…

संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् ।

‘विवाह गर्छु’ भनेर प्रेमीले बोलाएर गएकी यीनलाई ५ दिन सम्म यस्तो हर्कत गरेपछि

कञ्चनपुरमा एउटी १४ वर्षकी बालिकालाई ६ जनाले एउटा कोठामा ५ दिन सम्म राखे । आफुले मन पराएको एक जना युवकले उनलाई बोलाएका थिए ।

ताजा समाचार

X