Friday, October 23, 2020

Friday, October 23, 2020
कोरोना भाइरस कोरोना ठीक तापनि छिमेकीको डर

कोरोना ठीक तापनि छिमेकीको डर

Published:

On: Nepal

२०७७ असार १३,पोखरा । कुनै पनि ट्राभल हिस्ट्री र संक्रमितको सम्पर्कमा नआएका ३५ वर्षीय ती युवकमा २२ जेठमा कोरोना देखिए | उनी दुर्घटनामा परेर पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत कुश्मा पर्वतका एक युवकमा कोरोना संक्रमण देखिएको थियो ।

एक हप्तापछि पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार क्रममा कोरोना भाइरस पुष्टि भएको थियो । युवकमा कोरोना देखिएपछि सुरुमा उनी, परिवार, आफन्त पनि खुबै डराए ।

शुक्रबार कोरोनालाई जितेर फूल, अबिरसहित मुस्कुराउँदै उनी घर फर्केका छन् । उनले ‘कोरोनासँग डराउनु पर्दैन भन्दे घर फर्किँदै गर्दा उनले अरुलाई पनि सन्देश दिए ।

भारतबाट फर्केर मादी गाउँपालिकाको क्वारेन्टिनमा २१ दिन बसेका मादी गाउँपालिकाका एक पुरुष पनि शुक्रबारै कोरोनालाई जितेर घर फर्के ।

क्वारेन्टिनमा बसेर अब त कोरोना लागेको रहेनछ भनेर ढुक्क भइरहेका बेला संक्रमण देखिपछि सुरुमा आत्तिएको उनले बताए । तर, कोरोनालाई जितेर घर फर्किँदै गरेका उनले डाक्टरको राम्रो रेखदेख र आत्मबल बढायो भने केही नहुने अनुभव सुनाए ।

घर फर्किन लागेका अधिकांशलाई चिन्ता थियो- अब छिमेकी र समाजले पो कस्तो ब्यवहार गर्ने हो ?
‘कोरोना पोजेटिभ देखियो । तर, आज यी मुस्कुराउँदै घर फर्किँदै छु । मनोबल उच्च राख्नु, कोरोनाले केही गर्न सक्दैन,’ उनले भने, ‘डाक्टरले राम्रो सल्लाह, उत्साह भरे, आफ्नो मनोबल उच्च राखे, केही नहुने रहेछ ।’

पोखरा २७ का अर्का पुरुषको अनुभव पनि त्यस्तै छ । भारतबाट फर्केर क्वारेन्टिनमा बसिरहेका बेला भएको परीक्षणमा कोरोना पोजेटिभ देखियो । क्वारेन्टिन, आइसोलेसन गरेर २९ दिन बिताएपछि उनी खुसी साथ घर फर्किएका छन् ।

‘भारतदेखि फर्केर क्वारेन्टिन, आइसोलेसन गरेर बसेको पनि २९ दिन भइसकेछ । आज कोरोनालाई जितेर घर फर्किन पाउँदा मन खुसीले रमाएको छ,’ उनले भने ।

उनीहरुजस्तै शुक्रबारमात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट १७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् । परदेशबाट फर्किएर पनि कोरोना संक्रमणले घर जान नपाएका अधिकांश खुसी साट्न आतुर छन् ।

सुरुमा मनको डरले खाए पनि चिकित्सकको हौसला, परिवारको साथ र आत्मबलले कोरोना जितिने उनीहरुको भनाइ छ ।

यी ३ पात्रजस्तै कोरोनालाई जितेर घर फर्किनेहरुको अनुभव उस्तै खालको छ– ‘सचेत रहने, मनोबल उच्च राखे कोरोना सजिलै जितिन्छ ।’ शुक्रबार कोरोनालाई जितेर फूल, अबिर लगाएर घर फर्किन लागेका केहीमा भने अर्कै डर र सन्त्रास देखियो ।

केहीले पटक–पटक डाक्टरलाई सोधें, ‘छिमेकीले छि–छि दूरदूर गर्दै हेपे भने के गर्ने ?’ कोरोना जितेर घर फर्किन लागेका कास्कीका एक व्यक्तिले आफू आइसोलेसनमा बस्दा छिमेकीले परिवारलाईसमेत अप्ठेरो पारेको गुनासो गरे ।

‘छिमेकी र समाजले कोरोना संक्रमित भनेर हेला गर्ने, छि–छि गर्ने गरे भने के गर्ने डाक्टर साब ?’ उनले भने, ‘कोरोना त जितेर हाँसीहाँसी घर फर्किन लागेका छौं । तर, छिमेकीको तिरस्कारदेखि डर लागिरहेको छ ।’

घर फर्किन लागेका अधिकांशलाई यस्तै चिन्ता थियो, ‘अब छिमेकी र समाजले पो कस्तो ब्यवहार गर्ने हो ?’

डाक्टरको साथ, हौसलाले कोरोना जितेर घर फर्किँदै गर्दा समाजको डर भने यथावत रहेको मादी गाउँपालिकाका एक पुरुषले बताए ।‘हामीलाई निको पार्ने र हौसला बढाउने डाक्टर साबहरुलाई धन्यवाद छ,’ उनले भने, ‘अब छिमेकीबाट पो कस्तो ब्यवहार हुने हो ?’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले एक हप्ता सुरक्षित भएर घर बस्न आग्रह गर्दै कोरोना जितेर फर्केकालाई छिमेकीले नराम्रो व्यवहार गर्नै नमिल्ने बताए ।

‘एक हप्ता सुरक्षित भएर घरमै बस्नू । त्यसपछि नियमित कामतिर लाग्नू । कोरोना त जितेर फर्किदै हुनुहुन्छ अब तपाईंहरुले धेरै चिन्ता लिने होइन,’ डा. आचार्यले भने, ‘छिमेकी र समाजले दूर–दूर गरे कोरोनामुक्त भएको देखाइदिनू । बरु उनीहरुलाई सचेत भएर बस्न चेतना बढाउनू ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेसम्म ७ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । उपचाररत २ जनाको ज्यान गएको छ । १ सय १ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा अरु १६ जना छन् ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X