‘मिसेज इन्डिया’की जज बनिन अभिनेत्री नीतु

‘मिसेज इन्डिया’की जज बनिन अभिनेत्री नीतु

१३ असार २०७७ | भारतमा आयोजना भइरहेको ‘मिसेज इन्डिया– २०२०’की नेपाली अभिनेत्री, मोडल, डान्सर तथा सौन्दर्य व्यवसायी नीतु कोइराला निर्णायक भएकी छन् ।

नेपाली मनोरञ्जनका विभिन्न विधामा योगदान दिएकी कोइरालाले यो अन्तर्राष्ट्रिय अवसर प्राप्त गरेकी हुन् । कोरोना कहरका कारण अनलाइनबाट आयोजना भएको हो । प्रतियोगितामा उनी जुरीका रूपमा निर्णायक मण्डलमा रहेर सहभागी भएकी हुन् ।

यो प्रतियोगिता पिस अफ इन्डियाले आयोजना गरेको हो । अहिले उनी सोही संस्थामा नेपालको तर्फबाट ब्रान्ड एम्बेसडरका रूपमा कार्यरत छिन् । उनले पिन्क रोजेज इन्टरटेनमेन्टले आयोजना गरेको मिस्टर, मिस एन्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निर्वाह गरेकी छन् ।

नीतु कोइराला नृत्यमा पारंगत मानिन्छिन् ।उनले भारतकै विभिन्न संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागिता जनाएकी छन् ।

नेपाली अभिनेत्री नीतु कोइराला हालै भारतका विभिन्न संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘कोरोना वारिअर्स अवार्ड’बाट सम्मानित भएकी थिइन् ।

COMMENTS

WORDPRESS: 0