Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
नेपाल दुबईबाट २ जना फर्किन पाएनन्

दुबईबाट २ जना फर्किन पाएनन्

Published:

On: Nepal

यसअघि गएको जुन १९ र २२ मा दुई उडान भरेको थियो | संयुक्त अरब एमिरेट्स (यूएई)को दुबईबाट नेपाल एअरलाइन्सको पहिलो चरणको अन्तिम चार्टर्ड बिमान उडेको छ ।

शनिबार बिहान १ सय ५३ जना नेपाली बोकेर नेपाल एअरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबडी जहाज नेपालका लागि उडेको हो । फर्किने महिलामध्ये ४ जना गर्भवती र २ जना बिरामी छन् भने ८ महिला र १३५ जना पुरुष रहेका छन् ।

१० जना यूएईको सीटीमेड फ्यासिलीटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत रहेको र कम्पनीले काम र बस्ने ठाउँबाट निकालेपछि समस्यामा परेका महिला छन् ।

त्यस्तै सारजाहको इमिरेट्स क्याब ट्याक्सी कम्पनीमा काम गर्ने १२ जना पुरुष पनि शुक्रबारको उडानबाट नेपाल फर्किएको दूतावासले जनाएको छ ।

नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको ३ सय ६० अमेरिकी डलर अर्थात १३ सय २० यूएई दिर्हाम ९करिव ४० हजार रुयैयाँ० दरले टिकट लिनुभएको हो । नेपाल फर्किएका सबैको विमानस्थलमा निःशुल्क कोभिड परीक्षण गरिएको थियो । कोरोना परीक्षणको प्रमाणपत्र साथमा लिएर उहाँहरु नेपाल फर्किनुभएको हो ।

स्वदेश फर्किएका नेपालीलाई दूतावासकी श्रम काउन्सिलर निर्मला थापा, श्रमसहचारी मोतिराम भुसाल, जनसम्पर्क अधिकृत इरफान आलम, रजी अन्सारी, तथा अन्य कर्मचारीले विमानस्थलमै पुगेर बिदा गर्नुभएको थियो ।

यस्तै दुबई प्रशासनबाट परिचालित द्रुत उद्धार अभियानका नेपाली संयोजक एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पा, कोषाध्यक्ष विकास शाही, मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली लगायत स्वयमसेवकको रुपमा विमानस्थलमा खटिनुभएको थियो ।

दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण नेपाल एअरलाइन्समार्फत पहिलो चरणको उडान सकिएको दूतावासले जनाएको छ ।

स्वदेश फर्कन चाहेकाहरुको सूची दूतावासले प्रकाशन गरेर एयरलाइन्समा दिएपछि त्यही सूचीको आधारमा एअरलाइन्सले सम्बन्धित व्यक्तिहरुलाई उडान हुने मिति र टिकट काट्ने स्थानका बारेमा जानकारी गराउने नेपाल एअरलाइन्सका कन्ट्री म्यानेजर टिकाराम पङ्गेनीले बताउनुभयो ।

रामपुर १२ कलैया बाराका शिव वचन शाह रौनियार र अजय महतो यूएई आएको पहिलो दिनदेखि नै अलपत्र परेका बताउनुभयो ।
अब एअरलाइन्ससँग समन्वय गरेर उहाँहरुलाई स्वदेश फर्काइने दूतावासले जनाएको छ ।कोरोना परीक्षण गरेर बोर्डिङ पास पाएपछि पनि कानुनी प्रक्रिया पूरा नभएकोले स्वदेश फर्किन नपाउनुभएको हो ।

नेपाल फर्किन नेपाली दूतावासको सहयोगमा हवाइ टिकटको व्यवस्था गरे| उहाँहरुलाई विमानस्थल लगिएको थियो ।

सम्बन्धित समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

दशैंमा घर जाने भनेर तयारी अवस्थामा हुनुहुन्छ भने आयो एकदमै दुखको खबर!

विगतका दसैंमा यातायात व्यवसायीले भाडा वृद्धी लगायतका मुद्धा उठाएर सरकारसगँ वार्गे निङ गरेका थिए। यो वर्ष भने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी दुवै पक्ष अग्रिम टिकट नखोल्ने मन स्थितीमा छन्।

ताजा समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।
X