Connect with us

बलिउड

बलिउड: पहिलोपटक इतिहासमा आम्दानी शून्य

Published

on

आईतबार, असार १४, २०७७ | सन् २०२० मा जुनसम्म ५० चलचित्र प्रदर्शनमा आएको छ। इतिहासमा बलिउड चलचित्र पहिलोपटक बक्सअफिस कलेक्सन शून्य भयो, चलचित्र क्षेत्रमा कोभिड-१९ महामारी र लकडाउनका कारण त्यत्तिकै संकटमा परेको छ।

सिनेमा हलमा कोभिड-१९ कारण ताला लागेको तीन महीनाभन्दा बढी भयो | १९ मार्चदेखि बलिउडमा सुटिङ बन्द छ।

लकडाउनपछिको अवस्था सामान्यीकरण हुँदै गर्दा चलचित्रको छायांकन पनि शुरू हुन लागेको छ भने चलचित्र प्रदर्शनका लागि पनि मितिहरु तोकिन थालेका छन्। सामाजिक दूरी कायम गर्दै बलिउडलाई चलायमान राख्‍न चलचित्र अधिकारीहरूले निर्णय गरेका छन्।
२०२० मा रिलिज भएका ५० फिल्ममा दुई फिल्मले १०० करोड आकँडा पार गरेका छन्।

१० जनवरीमा प्रदर्शनमा आएको तान्हाजीले १०० करोड पार गरेको थियो। तान्हाजीको कूल कमाई ३६७.६५ करोड थियो। त्यस्तै टाइगर श्राँफको बागी ३ ले १३७.०५ करोड कमाई गरेको थियो।

लकडाउन हुनुअघि हलमा ३५ चलचित्र प्रदर्शनमा आएका थिए। पहिलो पटक हलबाहिर चलचित्र प्रदर्शनमा ल्याइयो। अमिताभ बच्चन, आयुष्मान खुरानाको गुलाबो सिताबोलाई १२ जुनमा अमेजन प्राइममा रिलिज गरिएको थियो।

इरफान खान, ऋषी कपूर, योगेश गौर, अनवर सागर, बसु चटर्जी, मोहित बघेल, वाजिद खान, प्रेक्षा मेहता, मनमीत ग्रेवाल, चिरंजीवी सरजा लगायतका सेलिब्रेटीहरूको लकडाउनका बीच बिदाई गरिएको थियो।

बलिउडले २०२० को पछिल्लो तीन महिना गतिविधि नै शून्य बनेको थियो।  यो बीचमा थुप्रै आरोहअवरोहको सामना गर्नुपर्‍यो।

सुशान्तसिंह राजपूतको आत्महत्यापछि बलिउडमा चलचित्र माफिया तथा नेपोटिज्मले चर्चा पाएको छ।

नेपाल अनलाइन पत्रिका (नेपाल समाचार - डिजिटल इ-पेपर) नेपालको विश्वसनीय डिजिटल न्यूज मिडिया हो जुन सँधै हालको र वास्तविक समाचार प्रस्तुत गर्दछ र सत्य फैलाउँछ किनकि यो सबै खासै चासोका साथ सहयोगीबाट टाढा रहँदै सबै अवलोकन गरेर।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending