बायर्नले बुन्डेस लिगाको उचाले ट्रफि

बायर्नले बुन्डेस लिगाको उचाले ट्रफि

आइतबार, असार १४, २०७७ | शनिबार ४–० गोल अन्तरले अन्तिम खेलमा बायर्नले वोल्फ्सबर्गलाई पराजित गरेको हो।

किङ्सलेय कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले च्याम्पियन बायर्नलाई जित दिलाउन १–१ गोल गरे।

आफ्नो अन्तिम खेलमा फुटबलको च्याम्पियन बनेको बायर्न म्युनिखले वोल्फ्सबर्गलाई पराजित गरेको छ। बायर्नले जितसँगै बुन्डेस लिगाको ट्रफि उचालेको छ।

बायर्नलाई कोम्यानले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। माइकलले ३७औं मिनेटमा गोल गर्दै २–० गोलको अग्रता दिलाए।  जोसुवा गुइलाभोगुईले  ७१औं मिनेटमा दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो।

लेवान्डोस्कीले गोल गर्दा ७९औं मिनेटमा मुलरले अर्को गोल थप्दै अन्तिम खेलमा बायर्नलाई ४–० गोलको जित दिलाए।

 

COMMENTS

WORDPRESS: 0