Friday, October 23, 2020

Friday, October 23, 2020
अपराध सञ्चार मन्त्रालयको सभाहल मर्मतसम्भारका नाममा सवा करोड रुपैयाँ खर्चिए

सञ्चार मन्त्रालयको सभाहल मर्मतसम्भारका नाममा सवा करोड रुपैयाँ खर्चिए

Published:

On: Nepal

मन्त्रालयले सम्झौता टेन्डर बिनै सूचना प्रविधि मन्त्रालयले आफ्नो सभाहल मर्मतसम्भारका नाममा कार्यसम्पादन जमानतसमेत नराखी सवा करोड रुपैयाँ खर्चिएको भेटिएको छ ।

यसलाई नियम प्रतिकूल भएको महालेखापरीक्षकको प्रतिवेदनले  टिप्पणी गरेको छ ।

वर्ष ०७५/७६ मा सभाकक्ष मर्मतसम्भारका लागि १ करोड २४ लाख ३९ हजार रुपैयाँ खर्चिएको थियो । सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकालमा मन्त्रालयको सभाहललाई मर्मतसम्भार गरिएको हो ।

करिब दुई दर्जन कुर्सी राखिएको सानो सभाहलमा केही थान स्क्रिन, पोडियम, कार्पेट राखिएको छ । मर्मतसम्भारका लागि मन्त्रालयले प्रतिस्पर्धात्मक तरिकाले खरिद नगरी दरभाउ माग गरी खरिद गरेको, कुन आधार र कसले लागत अनुमान तयार पारेको नखुलेको, लागत अनुमान र दरभाउ पेस गरेको रकम एउटै रहेको पनि महालेखाको प्रतिवेदनमा औंल्याइएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा  ‘सभाकक्ष हल निर्माण र फर्निचर एवं उपकरण तत्काल खरिद नगर्दा तत्काल हानिनोक्सानी हुने अवस्था रहेको नदेखिएकामा पनि प्रतिस्पर्धात्मक तरिकाले खरिद नगरी दरभाउ माग गरी खरिद गरेको,खरिद गर्नुअघि तोकिएको प्रक्रिया अपनाई लागत अनुमान तयार गर्नुपर्नेमा कुन आधार र कसले लागत अनुमान तयार गरेको नखुलेको, लागत अनुमान र दरभाउ पेस गरेको रकम एउटै रहेकाले खरिद कार्य मितव्ययी रहेको पाइएन “भनिएको छ |

यसका लागि मन्त्रालयले आफ्नो कोषबाट नभई नेपाल दूरसञ्चार प्राधिकरणको कोषको रकम नियमविपरीत प्रयोग गरेको भेटिएको छ । प्राधिकरणको स्वीकृत वार्षिक प्रतिवेदनमा रहेको भन्दा बाहिर गएर मन्त्रालयको सभाकक्ष निर्माण गर्न रकम प्रयोग गरिएको छ । ‘प्राधिकरणले स्वीकृत वार्षिक कार्यक्रम र तालुक कार्यालयको काममा खर्च गर्न मिल्ने आधार बेगर मन्त्रालयमा सभाकक्ष हल निर्माण तथा फर्निचर र उपकरण गर्न खर्च गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

मन्त्रालयको मागअनुसार प्राधिकरणको कोषको रकम प्रयोग गरी मन्त्रालयको सभाकक्ष मर्मतसम्भार गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

महालेखाको प्रारम्भिक प्रतिवेदनमा औंल्याएको विषयमाथि प्राधिकरणले स्पष्टीकरण दिन बाँकी छ । त्यसपछि मात्र यसबारे थप प्रस्ट हुने उनको दाबी छ ।

‘महालेखाको प्रारम्भिक प्रतिवेदन प्राधिकरणमा आइपुगिसकेको छ,’ उनले भने, ‘यसमा औंल्याइएको विषयमा प्राधिकरणले एकमुष्ट जवाफ दिन्छ, त्यसपछि यो विषयमा थप प्रस्टता हुन्छ ।’ महालेखापरीक्षकको कार्यालयले जेठ ११ मा दूरसञ्चार प्राधिकरणलाई प्रतिवेदन पठाउँदै प्रतिवेदनमा औंल्याइएको विषय ३५ दिनभित्र फछ्र्योट गर्न निर्देशन दिएको छ । ‘प्रतिवेदनमा उल्लिखित व्यहोराका सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ०७६ को दफा ३७ (१) बमोजिम ३५ दिनभित्र फछ्र्योट गरी सम्परीक्षण गराउन हुनेछ,’ महालेखाले प्राधिकरणलाई लेखेको पत्रमा भनिएको छ ।

निर्माण व्यवसायी तथा आपूर्तिकर्तासँग खरिद सम्झौता गरी कार्यादेश दिनुपर्ने नियम भए पनि त्यस्तो नगरेको प्रतिवेदनले औंल्याएको छ ।

मन्त्रालयले कामको जिम्मा दिँदा निर्माण व्यवसायी र आपूर्तिकर्तासँग कार्यसम्पादन जमानत नराखेको र भुक्तानी गर्दा धरौटीसमेत कट्टा नगरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

मन्त्रालयको सभाहल निर्माणबापत एला मोड कन्स्ट्रक्सनले ७६ लाख ५९ हजार १ सय ८६ रुपैयाँ भुक्तानी लिएको भने कास ट्ेरडिङ हाउसले ४७ लाख ८० हजार १ सय २९ रुपैयाँ भुक्तानी लिएको छ ।

दुई कम्पनीले गरी १ करोड २४ लाख ३९ हजार २ सय ९७ रुपैयाँ भुक्तानी लिइसकेका छन् र यो रकम मन्त्रालयले तयार पारेको लागत अनुमानसँग ठ्याक्कै मिल्छ ।

तोकिएको काममा मात्र खर्च गर्न पाइने र तोकिएको कामबाहेक अन्य काममा खर्च गरेको देखिए जिम्मेवार व्यक्तिबाट यस्तो खर्च रकम असुलउपर गरी विभागीय कारबाहीसमेत गर्न सक्ने व्यवस्था छ ।

ऐन ०५५ को दफा २७ मा कार्यालयमा प्राप्त हुन आएको सम्पूर्ण नगदी जिन्सीको संरक्षणको प्रबन्ध मिलाउनु जिम्मेवार व्यक्तिको कर्तव्य हुने |

 

सम्बन्धित समाचार

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

चीनमा नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृ’त्यु, नमिठो मानेर नखाएका ३ जना बचे

नुडल्सले एकै परिवारका ९ जनाको ज्यान लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X