वर्षा र बाढी पहिरोको उच्च जोखिम

वर्षा र बाढी पहिरोको उच्च जोखिम

१५ असार २०७७, सोमबार| अरू तीन दिन लगातार वर्षा हुने भएको छ । सोमबार जारी गरेको मौसम मौसम पूर्वानुमान महाशाखाले र्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । मनसुन सक्रिय भएको छ ।

अहिले पनि मुलुकका विभिन्न भू-भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने र आजै राति मुलुकका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको जनाएको छ ।

विभिन्न नदी तथा खोला-खोल्सीमा पानीको वहाव उच्च भई बाढी पहिरो एवं डुबानको खतरा रहेकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

महाशाखाले भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले हिँडडुल गर्दा पनि सावधानी अपनाउन आह्वान गरेको छ ।

महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मुलुकका विभिन्न स्थानमा न्यूनतम २ मिलिलिटरदेखि अधिकतम १३० मिलिलिटरसम्म वर्षा भएको छ ।

दिपायलमा २.४ मिलिलिटर वर्षा हुँदा धनगढीमा ३.५, वीरेन्द्रनगरमा १२.३, नेपालगञ्जमा १८,  घोराहीमा २५.४ र पोखरामा २७.८ मिलिलिटर वर्षा भएको छ ।

यस्तै भैरहवामा ११४.५ मिलिलिटर, सिमरामा ३५.६, काठमाडौंमा ९.४, ओखलढुंगामा ३.४, ताप्लेजुङमा १२.९, धनकुटामा ९.४, विराटनगरमा ८७.१, धरानमा १२.३, लुम्लेमा ३४.७ तथा जनकपुरमा १३० मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी ३ दिन कन्काई,कोशी,कमला,बागमती,पश्चिम राप्तीमा बहाव बढ्ने र अन्यमा सामान्य घटबढ हुने तर सबै नदीमा बाहव सतर्कता तह भन्दा तलै हुने ।

आगामी ३ दिन कन्काईको केहि सहायक नदीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने,नदीतटिय क्षेत्रका कृयाकलापमा सतर्कता अपनाऔ ।

दीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने भएकाले नदी आसपास क्षेत्रका बस्तीमा सतर्कता अपनाउन महाशाखाले कन्काईको बसिन्दालाई सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।

 

COMMENTS

WORDPRESS: 0