प्रवेश निषेध: युरोपेली देशमा अमेरिकीलाई

प्रवेश निषेध: युरोपेली देशमा अमेरिकीलाई

असार १५, २०७७| युरोपेली संघका विभिन्न देशमा सुरक्षित’ गैर–युरोपेली देशको एक सूची जारी गरिएको छ । जुलाई १ तारिखदेखि युरोपेली संघ र शेंगन इलाकामा मावेश देशका जनता प्रवेश गर्न सक्ने यो सूचीमा लिखित गरिएको छ ।

युरोपेली संघले बेलायती जनताको प्रवेश बारे भिन्न रुपमा घोषणा गर्नेछ ।

यो सूचीमा अमेरिकालाई स्थान दिइएको छैन भने अष्ट्रेलिया र क्यानडेली जनता युरोपका यी देशमा प्रवेश गर्न सक्नेछन् ।

युरोपेली संघमा प्रवेशका लागि गैर युरोपेली देशको सूची बनाइएको छ, त्यसका लागि ती देशको संक्रमण दर, क्न्ट्याक्ट ट्रेसिङ प्रोग्राम र स्वास्थ्य डाटालाई हेरिएको छ ।

यद्यपि, ‘सुरक्षित’ सूचीमा समावेश यी देशको सबै मापदण्ड पूरा भने भएको थिएन । यो सूचीलाई एक सल्लाहको रुपमा जारी गरिएको छ ।

जर्मनीका अनुसार युरोपेली संघले कोभिड–१९ महामारीको क्रममा सीमाको नियन्त्रणको निर्णय सबै देशले अपनाएका र मिलेर काम गर्न आवश्यक छ ।

हालसम्म यो सूची एक एडभाइजरीको रुपमा जारी गरिएको छ । जर्मनीले जुलाई १ तारिखदेखि युरोपेली संघको अध्यक्षता सम्हाल्दै छ ।

 

COMMENTS

WORDPRESS: 0