Saturday, December 5, 2020

Saturday, December 5, 2020
आर्थिक आज असार १५: दही च्यूरा खाने दिन

आज असार १५: दही च्यूरा खाने दिन

Published:

On: Nepal

असार १५, आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ र कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् ।

दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ ।

१७ औं राष्ट्रिय धान दिवस धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ रोपाइँ महोत्तसव गरिंदैछ ।नेपालीले पनि आज दही च्यूरा खाई खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा असार १५ मनाउँछन् ।

मनसुन सुरु भएसँगै राम्रोसँग पानी परेकाले रोपाइँ छिटो भएको हो । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ ।

नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन ।

नेपालको धानखेती आकाशे सिँचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ ।

नेपालमा चैते, वर्षे र घैया, भदैया र हिउँदेधान ९बोरो० का रुपमा धानखेती गरिन्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो ।

धानको उत्पादन घटेको वर्ष कूल गार्हस्थ्य उत्पादनमा गिरावट आउने र धानको उत्पादन बढेको वर्ष गार्हस्थ्य उत्पादनमा सकारात्मक सङ्केत देखिने गरेको छ ।

सरकारले  हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक झापालाई धान उत्पादनको सुपर जोन घोषण गरी लागू गर्दे सबै जिल्लामा धान रोपाइँ हुने भनेका छन |

 

 

सम्बन्धित समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

“सिधा कुरा जनतासँग” बन्द हुँदै, रवि लामिछाने राजनितिमा ?

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको “‘सिधा कुरा जनतासँग’” कार्यक्रम बन्द हुने भएको छ। प्रस्तोता रवि लामिछानेले टेलिभिजन नै छाड्ने निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो।

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।