Thursday, November 26, 2020

Thursday, November 26, 2020
अन्तर्राष्ट्रिय अष्ट्रेलियामा कोरोनाको संक्रमणको डर

अष्ट्रेलियामा कोरोनाको संक्रमणको डर

Published:

On: Nepal

२०७७ असार १५ | अष्ट्रेलियाको मेलबर्न शहरमा कोरोना भाइरसको  दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ ।

नयाँ संक्रमितहरुको कारण यहाँका अधिकारीहरु चिन्तित बनेका छन् ।

विगत तीन दिनको समयमा मेलबर्नमा मात्रै १५० जनाभन्दा बढी नयाँ संक्रमितहरु थपिएका छन् । जसमध्ये आइतबार मात्रै ४९ जना थिए, जुन अष्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितहरुको संख्या अप्रिल महिनायताकै सबैभन्दा धेरै हो ।

यद्यपि अष्ट्रेलियाका अन्य कतिपय राज्यहरुमा नयाँ संक्रमितहरुको संख्या न्यून छ भने कतिपय राज्यहरु भाइरसमुक्त भइसकेका छन् ।

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण न्यून भएपछि विभिन्न राज्यले आफ्नो मौलिकताअनुसार लगाइएका प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेका थिए । सामाजिक प्रतिवन्ध खुकुलो भएसँगै मानिसहरुले सामूहिक भेटघाटमा बढी जोड दिएका थिए ।

मेलबर्नमा सुरु भएको दोस्रो संक्रमणको लहरको मुख्य कारण यकिन गर्न नसकिए पनि सामूहिक भेला मुख्य कारण हुनसक्ने अधिकारीहरु बताउँछन् ।

नयाँ संक्रमण देखिएकाहरुमध्ये सबैभन्दा धेरै मेलबर्नका दुई होटलका कामदारहरु छन् जुन होटलमा विदेशबाट फर्केका यात्रुलाई अनिवार्य क्वारेन्टिनमा राखिने व्यवस्था गरिएको थियो । सामाजिक दुरीलाई नजरअन्दाज गर्दै विदेशबाट आएका व्यक्तिबाट अन्यमा संक्रमण फैलिएको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

विदेशबाट आएकाको अनिवार्य परीक्षण

अप्रत्याशित रुपमा नयाँ संक्रमणको संख्या बढेसँगै भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुजले १० दिनमा करिब १ लाख मानिसलाई घरघरमै गएर निःशुल्क परीक्षण गरिने योजना रहेको जानकारी दिएका छन् । यो योजनाको सहजीकरणका लागि करिब २०० जना सैन्य अधिकारीहरुले साथ दिनेछन् ।

यस्तै प्रिमियर एन्ड्रुजले विदेशबाट फर्किएका सबै यात्रुहरुले अनिवार्य परीक्षण गर्नुपर्ने बताएका छन् । अधिकारीहरुका अनुसार विदेशबाट फर्केका करिब ३० प्रतिशत यात्रुहरुले परीक्षण गर्न अस्वीकार गरेका थिए ।

त्यसैगरी दुईहप्ते क्वारेन्टिनमा बसेकाहरुको क्वारेन्टिन अवधिभरि दुईपटक परीक्षण गरिने जनाइको छ । पहिलो परीक्षण तेस्रो दिनमा गरिनेछ भने अर्को परीक्षण एघारौं दिनमा हुने अधिकारीहरुले बताए । अधिकारीहरुका अनुसार भिक्टोरियामा अघिल्लो शुक्रबारदेखि करिब ४० हजार मानिसहरुलाई परीक्षण गरिसकिएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनका प्रमुख स्वास्थ्य सल्लाहकार ब्रेन्डान मर्फीले भिक्टोरिया राज्यको यो कदमको प्रशंसा गर्दै आम नागरिकहरुले पनि साथ दिनेमा विश्वास व्यक्त गरे । ‘यो नागरिक दायित्वप्रतिको एउटा अनिवार्य प्रक्रिया हो, मलाई लाग्छ सबैले यसमा सहकार्य गर्नेछन्,’ उनले भने ।

मर्फीले दोस्रो संक्रमणको लहर भिक्टोरिया बाहेकका अन्य राज्यहरुमा पनि देखिन सक्ने बताए । ‘नयाँ–नयाँ संक्रमणहरु जसरी बढ्दैछन्, त्यसलाई रोक्न हामी त्यति नै तयार छौं,’ उनले भने ।

करिब साढे २ करोड जनसंख्या भएको अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या लगभग ७ हजार ५ सय छ भने हालसम्म १०४ जनाको मृत्यु भएको छ ।

ठूला–ठूला सुपरमार्केटहरुले अत्यावश्यक सामग्री खरीदमा सीमितता ल्याएको छ । कोल्स, उलवर्थस लगायतका सुपरमार्केटहरुमा ट्वाइलेट पेपर, हेन्ड सेनिटाइजर, खाद्य सामग्रीहरुको फेरि संकट सुरु भएको छ ।

मानिसहरु सामग्रीहरुको सन्चय गर्न तछाडमछाड गरिरहेका छन् । नयाँ संक्रमितहरुको संख्या थपिएसँगै जनतामा त्रास फैलिएको छ ।

सम्बन्धित समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन् ।

भारती र उनका श्रीमानको बारेमा अदालतले आज दियो यस्तो फैसला ?

बलिउड क’मे’डी कलाकार भारती सिंह र उनका पति हर्षको जमानत अदालतले स्वीकार गरकेो छ । उनीहरु सोमवार जमानतमा छुटेका छन् ।

जब आकाशबाट सडकमा माछा खस्न थालेपछि (भिडियो सहित)

यदाकदा हामीले आका’शबाट माछा वर्षिएको समाचार सुनेका छौं । हावाको चाप कम भएको स्थानमा बढी चाप भएको क्षेत्रबा’ट तीव्र गतिले हावा बहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

“म छोरी मान्छे भएर, मैले दिएको दागबत्तीले नै मलाई चिनाएको हो’ सपना रोका मगर

‘जब म पहिलो पल्ट काठमाण्डौको महाराजगन्जस्थित त्रीवि शिक्षण अस्पतालको शव गृहमा पुगेकी थिएँ । त्यतिबेल म निकै डराएँकी थिए र अत्तालिएकी पनि थिएँ ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

बिबिसीका १०० प्रभावशाली महिलाको सूचीमा १८ वर्षीया सपना

बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।