ह’टाउने उचित बेला कहिले त ? भनेर डा बाबुराम भट्टराले गरे प्रश्न

ह’टाउने उचित बेला कहिले त ? भनेर डा बाबुराम भट्टराले गरे प्रश्न

काठमाडौं।  आइतबार आयोजित एक कार्यक्रममा आफूलाई ह’टाउन दिल्ली र देशभित्रकै शक्ति लागिपरेको भन्ने धारणाप्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका थिए।

ओलीको भनाईप्रति सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले संविधानमै व्यवस्था नभएको कुरामा प्रधानमन्त्री ओलीले चि’न्ता लिएको बताए।

नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै दल बाहेक अरु कसैले ह’टाउने व्यवस्था नभएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति अनुपयुक्त भएको समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन्।

ट्वीटमा उनले लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले ह’टाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन, तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने? पछि बाढीपहिरो आएको बेला हुने? अलिपछि दशैँ तिहारको बेला हुने? अनि जाडोको बेला हुने? उचित बेला चैं कैले रच हँ?’

आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेकै कारण पदबाट ह’टाउने खेल सुरु भएको गु’नासो गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको नेतृत्व गर्न सफल नभएको भन्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका हुन्।

COMMENTS

WORDPRESS: 0