युभेन्टस र बार्सिलोनाले खेलाडी साटफेर

युभेन्टस र बार्सिलोनाले खेलाडी साटफेर

१६ असार २०७७, मंगलबार | इटालीयन जायन्ट युभेन्टस र  स्पेनिस महारथी बार्सिलोना ले खेलाडी साटफेर गर्ने भएका छन् ।

बार्सिलोनाले युभेन्ट्सका मिडफिल्डर मिरालेम प्जानिकलाई क्लब भित्र्याएर उनको स्थानमा आफ्ना मिडफिल्डर आर्थरलाई युभेन्टस पठाउने तयारी गरेको छ ।

सन् २०१६ मा युभेन्टसमा आवद्ध भएका उनले सिरी ए मा २ सय १४ खेल खेलिसकेका छन् ।

यता, ६ वर्षको सम्झौताका लागि सन् २०१८ मा बार्सिलोना पुगेका आर्थर भने ७२ मिलियन युरोमा युभेन्टसमा जान सहमत भएका हुन् । उनले पछि थप १० मिलियन युरो पाउने बताइएको छ ।

आर्थरकी आमाले केही दिन अगाडि पनि प्रशिक्षक क्विकी सेटिनको प्रतिक्रियामा असन्तुष्टि जनाएकी थिइन् ।

बार्सिलोनाका प्रशिक्षकले मन नपराएपछि आर्थरले बार्सिलोनामा राम्रो अवसर नपाएको आलोचना भइरहेको छ र आर्थर यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छन् ।

६० मिलियन युरो र ५ मिलियन पछि थप्ने क्लबको प्रस्तावमा बोसनियाका प्जानिकले सहमती भएका छन् ।

COMMENTS

WORDPRESS: 0