Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाल एमसीसीको म्याद फेरि थपिने

एमसीसीको म्याद फेरि थपिने

Published:

On: Nepal

निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै कोभिड– १९ को कारण देखाउँदै सरकारले एमसीसीलाई म्याद थप्ने सहमति भएको छ। एमसीसीको समयअवधिलाई समयअवधिलाई थप गरिने भएको छ ।

सरकारबीच र एमसीसी सम्झौता कार्यान्वयनको थालनी (इन्ट्री इन्टु फोर्स) हुने म्याद थप्ने सहमति भएको छ। अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय भएको भन्दै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले छिटो निर्णय लिन सरकारलाई आग्रह गरेको जानकारी दिएको छ।

यसअन्तर्गतको कोषको उपलब्धता सधैं खुला नरहने पनि उसले बताएको छ। राजनीतिक दाउपेचका कारण विवादित एमसीसी सम्झौता अनुमोदन संसद्मा अड्किएको छ।

‘यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्’, एमसीए नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

एमसीए नेपाल र सरकारबीच असार १६ देखि परियोजना कार्यान्वयनको थालनी गर्ने सहमति भए पनि तत्काल राष्ट्रिय सहमतिमार्फत संसद्बाट सम्झौता अनुमोदन हुन सकेको छैन। अनुमोदनको वातावरण नदेखिएकाले सरकारले म्याद थप्ने तयारी गरे पनि निर्णय लिन भने अझै सकेको छैन।

गत सातादेखि अर्थमन्त्री डा. युवराज खतिवडाले सम्झौताको म्याद थपको गृहकार्यस्वरूप पहल गरिरहेका छन्।  आवासीय निर्देशक ट्रोय कोफरोथसँग नेपालका लागि एमसीसीका बारे केही दिनअघि छलफल भएको थियो। मन्त्रालयका एक उच्च अधिकारीले ‘म्याद थपबारे छिट्टै प्रस्ताव तयार हुँदै छ, केही प्राविधिक विषय मिलाउन बाँकी हो’, भने।

कोरोना भाइरसलाई कारण देखाउँदै अर्थ मन्त्रालय स्रोतका अनुसार म्याद थपबारे निर्णय लिने तयारी भए पनि अझै अन्तिम रूप दिइएको छैन।

 

सम्बन्धित समाचार

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६,६३२ पुग्यो

पछिल्लो २४ घण्टामा १३५६ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

पा‍र्टी प्रवक्ता नारायणकाजीले भने, ‘वामदेवको मनोनयनविरुद्ध परेको रिट बारे सरकारलाई औपचारिक जानकारी आएको छैन्’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटबारे कुनै छलफल नभएको बताएका छन्।

विद्यालय खुल्न थाले

कोभिड–१९ को महामारीका कारण भएका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । लामो समय बन्द रहेका जिल्लाका विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न थालेको बताएका छन् ।

प्रधानमन्त्रीको मुडमा चल्छ कि प्रहरी आईजीपीको आदेशमा ?

नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X