Thursday, October 29, 2020

Thursday, October 29, 2020
अन्तर्राष्ट्रिय पहिलो क्रिकेट प्रतिस्पर्धा चार महिनापछि भएको

पहिलो क्रिकेट प्रतिस्पर्धा चार महिनापछि भएको

Published:

On: Nepal

२०७७ असार १० |  मार्च महिनापछि पहिलो पटक कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रतिस्पर्धात्मक क्रिकेट खेल इंगल्याण्डको म्यानचेस्टरमा खेलिएको छ ।

अहिले इंग्ल्याण्ड र वेष्ट इन्डिजका खेलाडीहरु सुरक्षित तरिकाले अर्को महिनादेखि सुरु गर्ने तयारीका साथ प्रशिक्षण गरिरहेका छन् । त्यसैका लागि इंग्ल्यान्ड पुगेको वेस्ट इन्डिज क्रिकेट टिमले म्यानचेष्टरमा दुई साता लामो अनिवार्य क्वारेन्टिन बसेपछि मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ |

११ रिजर्भ खेलाडीसहित वेष्ट इन्डिजका २५ खेलाडी इंग्ल्याण्डमा  छन्  । यीनै खेलाडीलाई दुई समूहमा विभाजन गरेर तीन दिवसीय अभ्यास खेल खेलाइएको हो ।

ब्रेथवेइट ११ ले अभ्यास खेलको पहिलो दिन २७५ रन बनाएको छ । जसमा कप्तान ब्रेथवइटले सर्वाधिक ८४, साई होपले ८३ र रोस्टन चेसले ३७ रन बनाए । होल्डर ११ को तर्फबाट अल्जारी जोसेफले ४ र शानन गाब्रियलले ३ विकेट लिए ।

पहिलो अभ्यास खेलपछि वेष्ट इन्डिजले आन्तरिक रुपमा म्यानचेष्टरमा चार दिवसीय अभ्यास खेल पनि खेल्नेछ । इंग्ल्याण्डले जुलाई १ मा आन्तरिक रुपमा तीन दिवसीय खेल खेल्नेछ ।

टेष्ट क्रिकेटमा इंग्ल्याण्ड र वेष्ट इन्डिज कोरोना महामारीपछि खेल्दैछ । जुलाई ८ मा साउथह्याम्पटनमा सुरु हुँदैछ ।  खेल दर्शकबिनाको मैदानमा हुनेछ ।

वेस्ट इन्डिजको क्रिकेट टिमको अभ्यासका लागि दुई टिम बनाएर प्रतिस्पर्धात्मक क्रिकेट खेलिएको हो ।

सम्बन्धित समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।

ताजा समाचार