Thursday, October 22, 2020

Thursday, October 22, 2020
कोरोना भाइरस अहिले सम्म कै सबै बन्दा धेरै Discharge आज १४६२ जना निको

अहिले सम्म कै सबै बन्दा धेरै Discharge आज १४६२ जना निको

Published:

On: Nepal

Kathmandu: अहिले सम्म कै सबै बन्दा धेरै Discharge आज १४६२ जना निको । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार नाघेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर बुधबार ४ सय ८३ नयाँ संक्रमित भेटिएकाे र संक्रमितकाे कुल संख्या १४ हजार ४६ पुगेकाे जनाएकाे छ ।

यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या भने २९ रहेकाे छ।अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।

उपत्यकामा बढ्दै कोरोना संक्रमित आजमात्रै थपिए १६ जना । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १६ जना कोरोना संक्रमित थपिएका छन्।

बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

पछिल्लो २४ घण्टामा शुुक्रराज ट्रपिकल अस्पतालमा काठमाडौँका २ महिला र ४ पुरुष, पाटन अस्पतालमा भक्तपुरका १ महिला, काठमाडौँका ३ महिला १ पुरुष, ललितपुरका ३ महिला २ पुरुष र धुलिखेल अस्पतालमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पोजिटिभ भेटिएको हो।

लकडाउनको १०० दिन पूरा, संक्रमित बढेको बढ्यै
सरकारले लागू गरेको लकडाउनको आज १०० दिन पूरा भएको छ । कोरोनाभाइरसको संक्रमण र जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।

त्यसयता विभिन्न चरणमा सरकारले लकडाउनको समय लम्ब्याएपनि संक्रमित बढेको बढ्यै छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन नहुनु, भारतबाट विना परीक्षण नेपाली नागरिकलाई प्रवेश दिनुलगायतका कारण कारण संक्रमण बढ्दै गएको बताइन्छ ।

अछाम जिल्लामा असार १४ गते मृत्यु भएका एक पुरुषमा मरणोपरान्त कोभिड-१९ पुष्टि भएको जानकारी उनले दिए। अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

गत साता असार १७ सङ्क्रमितको कुल सङ्ख्या १०,००० नाघेको थियो। मङ्गलवार नेपालमा थप ३१६ जना कोरोनाभाइरस सङ्क्रमित भेटिएको पुष्टि भएको थियो।

के छ अरू तथ्याङ्क?

अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ। बुधवार पुष्टि भएका सङ्क्रमितमध्ये अछाममा १२६, महोत्तरीका ३६, सुर्खेतमा २२ र धनुषामा २१ जना छन्।

काठमाण्डू उपत्यकामा पनि १७ सङ्क्रमित थपिएका छन्। तीमध्ये ललितपुरमा पाँच, भक्तपुरमा दुई र काठमाण्डूमा १० जना मा कोभिड-१९ पुष्टि भएको हो। विभिन्न जिल्लामा ४८,००० जनाभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,८८६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। ससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,३३,२२७ पुगेको छ। क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X