Sunday, October 25, 2020

Sunday, October 25, 2020
आर्थिक होटलले कर्मचारीलाई तलब दिएनन्

होटलले कर्मचारीलाई तलब दिएनन्

Published:

On: Nepal

१७ असार २०७७ | सरकारको निर्देशनमा उनीहरुलाई चैत महिनाको तलब पाएका तारे होटेलका मजदुर र कर्मचारीले वैशाखदेखि तलब काम र माम दुवै नपाएपछि होेटलसँग आवद्ध करिब ११ लाख कामदार र कर्मचारी समस्यामा परेका छन्।

चैत ११ देखि कोरोनाका कारण बन्दाबन्दी भएपछि आम्दानी शून्यमा झरेको भन्दै होटलले वैशाख र जेठ महिनाको तलब दिएका छैनन्। वैशाखदेखि कामदार र कर्मचारीको तलब नदिइएको हो।

पछिल्लो दुई महिनाको तलब कामदार कर्मचारीले नपाउँदा उनीहरुको घर परिवार चलाउन धौधौ परेको छ। तलबका विषयमा होटेल व्यवस्थापन र कामदारबीच दर्जनौं छलफल भए पनि समस्या समाधान भएको छैन।

हानको पछिल्लो समयमा पाँच तारे र चार तारे होटलले मासिक साढे ८ हजार रुपैयाँ र ३ तारे तथा २ तारे होटलले साढे ४ हजार रुपैयाँ न्यूनतम् तलब प्रस्ताव गरेका थिए। दुवै पक्ष सहमति नजिक पुग्न लागेको दाबी हानका कानुनी सल्लाहकार डा.गान्धि पण्डितले गरेका छन्।

हानको यो प्रस्तावलाई भने होटलसँग आबद्ध श्रमिक युनियनले स्वीकारेका छैनन्। श्रमिक युनियनले असार १५ गते हानलाई तलबका विषयमा पत्रसमेत पठाएको छ। यसअनुसार पाँच तारे र चार तारे होटललाई खाइपाइ आएको तलबको ५० प्रतिशतका दरले न्यनूतम् १० हजार रुपैयाँबाट नघट्ने र २० हजारबाट नबढ्ने गरी माग गरिएको छ।

यस्तै तीन तारे र दुई तारे होटलले श्रमिकलाई मासिक ९ हजार रुपैयाँ र एक तारे तथा पर्यटक स्तरीय होटल रिसोर्ट तथा रेस्टुरेन्टको हकमा मासिक ६ हजार रुपैयाँको प्रस्ताव गरिएको छ।

होटलमा आबद्ध श्रमिकको युनियन अखिल नेपाल होटल क्सासिनो तथा रेष्टुँरा मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुँरा मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले संयुक्त रुपमा उक्त प्रस्ताव पेश गरेका हुन्।

होटल संघ नेपालमा आवद्ध देशैभरि छरिएका रहेका १५ क्षेत्रीय संघअन्तर्गत ३ हजार ५ सय होटल सदस्य छन्। यसमा प्रत्येक्ष र अप्रत्येक्ष गरी करिब ११ लाख श्रमिक कार्यरत रहेको संघका उपाध्यक्ष विनायक शाहले जानकारी दिए।

कोरोनाका कारण सन् २०२० र सन् २०२१ मा होटल व्यवसायको अवस्था धराशायी बन्दै गएकाले कामदार र कर्मचारीलाई तलब खुवाउन नसकिएको हानकी अध्यक्ष सिर्जना राणाले जानकारी दिइन्। राणाले भनिन, ‘आम्दानी नै शून्य भएको अवस्थामा कर्मचारीलाई तलब दिने क्षमतामा हामी छैनौं। तर पनि केही राहत हुने गरी दैनिकी खर्च टार्न मात्रै उक्त तलब प्रस्ताव गरेका छौं।’

उनका अनुसार होटल व्यवस्थापनले अहिले खर्च धान्न सक्ने अवस्थामा छैनन्। बैंकको ऋणको किस्ता तिर्न सकस परेको छ। ‘आगामी ६ महिनासम्म राहत प्याकेज उपलब्ध गराउन हामी तयार छौं, त्यसपछि अवस्थामा सुधार आउन नसके होटलमा ताल्चा लगाउनुको विकल्प छैन्’, अध्यक्ष राणाले भनिन।

नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुँरा मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवरले न्यायोचित तबरबाट अहिलेको तलब प्रस्ताव गरिएको बताए। होटल बन्द हुँदा श्रमिकको एक मात्र आम्दानीको स्रोत गुमेका कारण उनीहरुको दैनिकी कष्टकर बनेको कुँवरले जानकारी दिए।

कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलिँदै गएपछि गत मार्चबाट पर्यटक आवागमन ठप्प छ। महँगा तारे होटलको प्रमुख आम्दानीको स्रोत विदेशी पर्यटक हुन्। यसपछि सभा, सम्मेलन तथा पार्टी हुन्। कोरोना र जारी बन्दाबन्दीका कारण यस्ता गतिविधि ठप्प छन् भने सबै उडान बन्द हुँदा पर्यटक आवागमन पनि अवरुद्ध छ।

यही वैशाखमा सार्वजनिक गरेको तथ्यांकअनुसार होटलमा कुल लगानी करिब ७९ अर्ब रुपैयाँ छ। २८ अर्ब रुपैयाँभन्दा बढी बैंक ऋण छ।  यस क्षेत्रको करिब २० प्रतिशत हिस्सालाई मात्र प्रतिनिधित्व गर्ने बोर्डले जनाएको छ।

१० खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको होटल व्यवसायीले बताउँदै आएका छन्।

सम्बन्धित समाचार

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

ताजा समाचार