Saturday, December 5, 2020

Saturday, December 5, 2020
अपराध बुहारीको हत्या : सासु, ससुरा र नन्दहरुको संलग्नता

बुहारीको हत्या : सासु, ससुरा र नन्दहरुको संलग्नता

Published:

On: Nepal

सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिताका ससुरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की, कान्छी नन्द सीता थापालाई सार्वजनिक गरेको हो।

आफ्नै घरमा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्यामा सासु, ससुरा र नन्दहरुको संलग्नता रहेको पाइएको छ।

असार १ गते राति करिब साढे ९ बजे सुस्मिताले खाना खाँदै गर्दा ससुरा प्रकाश र नन्द सीताले लौरो र लोहोरोले प्रहार गरेर हत्या गरेका प्रहरीको दाबी छ।

‘सासु तुलसाले घटना थाहा पाएर पनि बचाउ तथा उद्धार नगरेको र हत्यामा जेठी नन्द दुर्गा थापा कार्कीको पनि संलग्नता देखिएको छ’, मकवानपुर प्रहरी प्रमुख एसपी सुशिलसिं राठौरले भने।

हत्याको केही समय अघि ससुराले सुस्मितालाई जबरजस्ती करणी प्रयास गरेकाले घटना लुकाउन र सवारी दुर्घटनामा मृत्यु भएका सुस्मिताका श्रीमान् रुपेन्द्रको बीमाको पैसा लिन हत्या गरिएको अनुसन्धानबाट खुलेको उनले बताए।

‘रुपेन्द्रको सवारी दुर्घटनाको मृत्युपश्चात पाउने क्षतिपूर्ति बापतको पाँच लाख सुस्मिताले प्राप्त गरेको कुरा परिवारका अन्य सदस्यलाई मन परेको देखिएन।’ राठौरले भने

रुपेन्द्रको गत वर्षको असोज २६ गते ससुरालीबाट फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो।

सुस्मिताकै कारण उनको मृत्यु भएको परिवारले आरोप लगाउँदै आएको थियो।

सुस्मिताका श्रीमान् रुपेन्द्रले क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बीमा, बोनस र तलब बापतको ३८ लाख २८ हजार रकम हकवालको विवादका कारण हालसम्म कसैले प्राप्त गरेका छैनन्।

सम्बन्धित समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार