Thursday, October 29, 2020

Thursday, October 29, 2020
शिक्षा साउन १५ भित्र एसईईको नतिजा प्रकाशन गर्ने तयारी

साउन १५ भित्र एसईईको नतिजा प्रकाशन गर्ने तयारी

Published:

On: Nepal

साउन १५ भित्र  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

नेपाल समयसँग कुरा गर्दै विगतमा जस्तै गरी नतिजा प्रकाशन गरिने  बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दिएका हुन्।

एसईईको नतिजा ग्रेडका आधारमा प्रकाशित हुँदै आएको छ। सोहीअनुसार यतिबेला विद्यालयहरू धमाधम प्राप्तांकको तयारी गरिरहेका छन्।

विद्यार्थीले प्राप्त गरेको प्राप्तांक शिक्षा विकास तथा समन्वय एकाइमा असार २० गतेभित्र बुझाउन विद्यालयलाई बोर्डले निर्देशन दिएको छ।

कक्षा ११ को परीक्षा नहुँदा कक्षा १२ को पढाइ कहिलेदेखि हुने भन्ने अन्योल छ।

समन्वय एकाइले सम्बन्धित जिल्लाका सबै विद्यालयका विद्यार्थीको प्राप्तांक संकलन गरी बोर्डलाई उपलब्ध गराउनेछ। एकाइले भने अनलाइनबाट नतिजा पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

कोरोना भाइरस संक्रमण जोखिमका कारण गत चैत ६ गतेदेखि तोकिएको एसईई सञ्चालन हुन नसकेपछि सरकारले विद्यालयले दिने प्राप्तांकलाई आधार बनाएर विद्यार्थीलाई ग्रेड सिट दिन लागेको हो। परीक्षाका लागि चार लाख ८० हजार विद्यार्थीले फाराम भरेका थिए।

अध्यक्ष पौडेलले “कक्षा ११ को परीक्षा के गर्ने भन्नेबारे अध्ययन भइरहेको र अध्ययन गर्न गठित समितिले अध्ययन गरिरहेको छ। त्यसको प्रतिवेदनका आधारमा बोर्डले निर्णय गर्छ।”जानकारी दिए।

 

सम्बन्धित समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! के होला अब ?

गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा ! अब के होला ?गोर्खा सैनिकले मोदीलाई यस्तो गर्न अपिल गरेपछि भारतमा हंगामा !

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।