Monday, September 21, 2020

Monday, September 21, 2020
नेपाल काठमाडौंमा युवाहरु एमसीसीको विरोधमा

काठमाडौंमा युवाहरु एमसीसीको विरोधमा

Published:

On: Nepal

अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) को सञ्‍चालक समितिले यस हप्‍ता ५० करोड अमेरिकी डलर लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ । उक्त कम्प्याक्ट कार्यक्रम एमसीसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो ।

एमसीसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकी कंग्रेसद्वारा समीक्षा हुन बाँकी कम्प्याक्ट कार्यक्रममा दुवै सरकारले सेप्टेम्बरमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

एमसीसी, भ्रष्टाचार, र बेथितिको वि’रो’धमा बुधबार पनि वि’भिन्न समुहले प्रदर्शन गरेका छन्।

काठमाडौंको माइतिघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति २०७७ को आयोजनामा विभिन्न समुहले संयुक्त नागरिक खबरदारी सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा एमसीसी, भ्रष्टाचार, बेथिति, बैंकको ब्याज र किस्ता, पीसीआर टेस्टमा बेथिति बढेको भन्दै प्रदर्शनकारीहरु विभिन्न नारा लेखिएका पम्पप्लेट सहित सडकमा उत्रिएका थिए।

उनीहरुले ‘सरकार हामीलाई गरि खान देउ’, ‘लकडाउन अवधिको घरभाडा छुट गरीपाउँ’, ‘नो एमसीसी’, ‘एमसीसी चाहिदैन लागू गर्न पाइदैन’, ‘पीसीआर परीक्षण गर्न पाउनु हाम्रो स्वास्थ्य सम्बन्धी अधिकार हो’, ‘सार्थक लोकतन्त्र बिना कुनैपनि राष्ट्र बन्दैन’, ‘सलुन खोल्न देउ’, ‘नागरिक आयोग गठन गर’ लगायत लेखिएका ब्यानरहरु लिएर प्रदर्शनकारीहरु उभिएका थिए।

उनीहरुले एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर टेस्ट बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नाराबाजी समेत गरेका छन्।

डिसेम्बर २०१४ मा एमसीसीको सञ्‍चालक समितिले नेपाललाई कम्प्याक्ट कार्यक्रमका लागि योग्य देशका रूपमा छनोट गरेदेखि नै उक्त कार्यक्रम विकसित गर्न थालिएको हो ।

विधिको शासन र लोकतान्त्रिक निकायको स्थापना गर्ने दिशामा मुलुकले गरेका प्रयत्‍नका साथै एमसीसीको नीतिगत स्कोरबोर्डमा नेपालको सशक्त कार्यक्षमता प्रदर्शनको कदर स्वरूप नेपाललाई एमसीसीको अनुदानमा आधारित यस बृहत् आकारको लगानीका लागि योग्य ठहराइएको हो

सम्बन्धित समाचार

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

रानीपाेखरीमा पानी भरियाे, माछा र हाँस कहिले राख्ने ?

काठमाण्डौको रानीपोखरीमा झण्डै दुई करोड ८० लाख लिटर पानी भरिएको छ । पोखरीको पाँच फिट दुई इन्चमध्ये अब एक फिट जति पानी भर्न बाँकी रहेको छ । सुन्दरीजलबाट वाग्मतीको पानी ल्याएर पोखरीमा खसालेपछि रानीपोखरी भूकम्प अगाडिकै अवस्थामा फर्किएको छ । तर माछा र हाँस भने अहिले छैनन् ।

मुख्यमन्त्री राईविरुद्धको मुद्दा फिर्ता लिने महिला पेरिसडाँडाबाट पक्राउ

काठमाडौंको कोटेश्‍वरस्थित पेरिसडाँडामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालयको गेटअघि धर्ना दिन पुगेकी दोलखाकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचार

आजको नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक भोलि बालुवाटारमा बस्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

तोडफोडमा उत्रेका भारतको राज्यसभाका ८ विपक्षी सांसद निलम्बित

भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार 'एग्रिकल्चर रिफर्म बिल' माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो।

अनुहारको कालो दाग हटाउने हो ? जानौँ अचुक २४ घरेलु उपाय

क्रमिक रुपमा गर्मी बढ्दो छ । गर्मीयामको बेला अन्य समयभन्दा अनुहार र छालाको बढी स्याहार गर्नुपर्ने हुन्छ ।

चेल्सीलाई पराजित गर्दै लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

X