Thursday, October 29, 2020

Thursday, October 29, 2020
अन्तर्राष्ट्रिय अल्बर्ट सेलाडेस लोपेजलाई पदबाट बर्खास्त

अल्बर्ट सेलाडेस लोपेजलाई पदबाट बर्खास्त

Published:

On: Nepal

स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले भ्यालेन्सिया ला लिगाको पछिल्लो खेलमा भिल्लारियलसँग पराजित भएलगत्तै प्रशिक्षक अल्बर्ट सेलाडेस लोपेजलाई पदबाट बर्खास्त गरेको छ। आइतबार राति खेलिएको खेलमा भिल्लारियलले भ्यालेन्सियालाई २–० गोलले हराएको थियो।

सोमबार भ्यालेन्सियाले अबेर प्रशिक्षक अल्बर्टलाई पद छाड्न सुझाव दिएको समाचारमा जनाइएको छ। जारी सिजनको लिगमा भ्यालेन्सियाले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन।

जारी सिजनको ला लिगामा सबै टोलीले ६÷६ खेल खेल्न बाँकी रहँदा भ्यालेन्सिया ४६ अंकसहित तालिकाको आठौं स्थानमा छ।

भ्यालेन्सियाले यो सिजन १२ जित, १० बराबरी र १० हारको नतिजा निकालेको छ। युरोपियन प्रतियोगितामा छनोट हुनसमेत भ्यालेन्सियालाई समस्या पर्ने देखिएको छ।

लगातारको निराशाजनक नतिजाका कारण नै प्रशिक्षक अल्बर्टलाई पदबाट हटाइएको क्लबका एक अधिकारीले जनाएका छन्।

कोरोना भाइरसको महामारीका कारण स्थगित लिग सुचारु भएयता भ्यालेन्सियाले ला लिगामा पाँच खेल खेलिसकेको छ। भ्यालेन्सिया लिग सुचारु भएयता रियल म्याड्रिडसँग ३–०, इबरसँग १–० र भिल्लारियलसँग २–० गोलले पराजित भएको छ। लेभान्तेसँग १–१ गोलको बराबरीमा रोकिएको भ्यालेन्सियाले ओसासुनालाई भने २–० गोलले हराएको थियो।

अल्बर्ट यसै सिजन भ्यालेन्सियाको प्रशिक्षक बनेका थिए। त्यसअघि उनले रियल म्याड्रिडका सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। ४४ वर्षीय अल्बर्टले स्पेनको उमेर समूहका विभिन्न राष्ट्रिय टोलीमा समेत प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।

उनी आफ्नो समयका चर्चित खेलाडी पनि हुन्। स्पेनको राष्ट्रिय टोलीका अतिरिक्त उनले बार्सिलोना र रियल म्याड्रिडजस्ता चर्चित क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। भ्यालेन्सिया जारी सिजनको च्याम्पियन्स लिगबाट समेत बाहिरिइसकेको छ।

‘प्रशिक्षक अल्बर्टले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिएका छन्’, क्लबद्वारा सोमबार अबेर जारी विज्ञप्तिमा भनिएको छ, ‘उनले पुर्‍याएको योगदानका लागि हामी धन्यवाद दिन चाहन्छौं।’

अल्बर्टको स्थानमा साल्भाडोर गोन्जालेज मार्को (भोरो)लाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ। आगामी खेलमा ५६ वर्षीय भोरोले नै प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। भोरोलाई भ्यालेन्सियाले छैटौं पटक अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।

गत सेप्टेम्बरमा भ्यालेन्सियाले तत्कालीन प्रशिक्षक मार्सेलिनोलाई पदबाट बर्खास्त गर्दै उक्त जिम्मेवारी अल्बर्टलाई दिएको थियो। मार्सेलिनोको प्रशिक्षकत्वमा भ्यालेन्सिया ला लिगा तालिकाको चौथो स्थानसम्म उक्लिएको थियो।

भ्यालेन्सियाले विभिन्न प्रतियोगितामा १३ वटा खेल खेलेकोमा केवल दुई जित हात पार्न सक्यो।

भ्यालेन्सियालाई च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा इटालियन सिरिए क्लब एटलान्टाले ८–४ कुल गोल भिन्नताका आधारमा हराएको थियो।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार