Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाली कांग्रेस गिरिजाबाबुको जन्मजयन्ती मनाउने

गिरिजाबाबुको जन्मजयन्ती मनाउने

Published:

On: Nepal

२०७७ असार १८ बिहिबार| असार १८ गते बिहीबार शिखर पुरुष गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) १९८१ साल असार १८ गते उनको भारतको बिहारमा जन्म भएको थियो ।

कृष्णप्रसाद कोइरालाका कान्छा छोरा गिरिजाबाबुको गिरिजाबाबुको जन्मोत्सव परेको छ ।  उनको निधन २०६६ साल चैत ७ गते काठमाडौंमा भएको थियो ।

गिरिजाबाबु चार पटक प्रधानमन्त्री भएका थिए ।   गिरिजाबाबुअघि उनका दाजुहरु मातृकाप्रसाद कोइराला र बीपी कोइराला प्रधानमन्त्री भएका थिए |

विश्वकै इतिहासमा तीन जना नै दाजुभाइ प्रधानमन्त्री भएको यो पहिलो हो । त्यही इतिहास बोकेका गिरिजाबाबुले २०६२–०६३ को आन्दोलनको नेतृत्व गरेका थिए ।

२४० वर्ष लामो जहाँनियाँ राजसंस्था फाल्ने श्रेय गिरिजाबाबुलाई जान्छ ।

व्यक्तित्व गिरिजाबाबुको 
लामो समयपार्टी नेतृत्व हाँकेका गिरिजाबाबुलाई कांग्रेसमा कार्यकर्ता एकता गर्ने नेताका रुपमा चिनिन्छ । उनलाई कांग्रेसमा बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि राखिने भए पनि उनका विचार र हक्की स्वभावले उनी कार्यकर्तामाझ रहिरहे ।

गिरिजाबाबुको अडान चट्टाने हुने गर्दथ्यो । त्यसले कहिलेकाहिं बीपीलाई समेत अप्ठेरो पारे पनि नेतामा हुनुपर्ने निडरपन उनमा रहेकाले बीपी पनि खुशी भएको विभिन्न दस्तावेजले बताउँछन् ।

कांग्रेसका कार्यक्रम
पार्टीले बिहीबार कुनै कार्यक्रम गर्नेछैन । कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार निधन भएकाले उक्त शोकमा बिहीबार पार्टी कार्यालय बन्द हुनेछ भने पार्टीको झण्डा आधा झुकाइएको छ ।

बिहीबारका कार्यक्रम शुक्रबारलाई सारिएको छ । कांग्रेस पार्टी कार्यालयले देशैभर केही औपचारिक कार्यक्रम हुने जनाएको छ ।

 विद्यार्थी भ्रातृ संगठन नेविसंघले पनि बिहीबार गर्ने भनेको कार्यक्रम शुक्रबारलाई सारेको छ ।

महामन्त्री बलदेव तिमल्सिनाले नेविसंघ केन्द्रीय समितिले शुक्रबार बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने  बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा उक्त कार्यक्रमका प्रमुख अतिथि हुनेछन् । गिरिजाबाबुको जन्मजयन्ती मनाउने क्रममा नेपाली कांग्रेससहितका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार