Saturday, December 5, 2020

Saturday, December 5, 2020
नेपाल अब ६ महिना ओली सरकारलाई हल्लाउन नसक्ने

अब ६ महिना ओली सरकारलाई हल्लाउन नसक्ने

Published:

On: Nepal

Kathmandu: आफ्नो सरकारलाई अब कम्तीमा ६ महिना कसैले चलाउन नसक्ने उपाय प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको चालु बैठक अन्त्य गरेर निकालेका छन् । ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए बाहेक आगामी पुस तेस्रो सातासम्म प्रतिनिधिसभाको बैठक नचलेको अवस्थामा उनको सरकार कसैले पनि हल्लाउन सक्ने छैन ।

प्रधानमन्त्री पदमुक्त हुने संविधानको धारा ७७ मा यस्तो व्यवस्था छ
७७ (१) देहायको कुनै अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुनेछ –
क: निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
ख: धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा निजको विरुद्ध अविश्वासको प्रस्ताव पारित भएमा,
ग: निज प्रतिनिधिसभाको सदस्य नरहेमा,
घ: निजको मृ’त्यु भएमा ।

प्रधानमन्त्रीले विश्वासको मत पनि लिनुपर्ने छैन र सद अधिवेशन नचलेको अवस्थामा अविश्वास प्रस्ताव पेश हुने छैन । संसदको एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भ ६ महिनाभन्दा बढी नहुने संवैधानिक व्यवस्था छ ।

यो व्यवस्थाअनुसार समान्यतया संसदको अर्को अधिवेशन आगामी पुस १९ गते बोलाउँदा पनि हुन्छ । संविधानको धारा ९३ को उपधारा ३ मा सरकारलाई प्रतिनिधिसभाको बैठक बोलाउन बा’ध्या पार्ने व्यवस्था छ ।

यस उपधारामा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ । त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधिसभाको अधिवेशन वा बैठक बस्नेछ’ भनिएको छ ।

यस्तो बैठकमा प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश हुन सक्छ वा प्रधानमन्त्रीलाई विश्वासको मत देखाउन द’बाब दिने वातावरण बन्न सक्छ । सत्तारुढ नेकपाका नेताहरु अविश्वास प्रस्तावमार्फत प्रधानमन्त्री हटाउने निर्णयमा नपुगेसम्म धारा ९३ को उपधारा ३ अनुसारको अधिवेशनको पनि अर्थ रहने छैन ।

फेरि, यस्तो अधिवेशन एक चौथाइ सदस्यहरुले लिखित अनुरोध गरेको कति दिनमा बोलाउने भन्ने प्रष्ट व्यवस्था संविधानमा छैन ।

प्रतिनिधिसभाको सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री पदमुक्त हुने संवैधानिक प्रावधान रहेकोले पार्टीले साधारण सदस्यसमेत नहने गरी निष्काशन गरेर प्रतिनिधिसभालाई सूचित गरेमा ओली अपदस्थ हुन सक्नेछन् । यो प्रक्रियाबाट पदमुक्त हुन पनि प्रतिनिधिसभाको बैठक बस्नै पर्नेहुन्छ ।

यस्तो बैठकका लागि एक चौथाइ सदस्यले राष्ट्रपति समक्ष अनुरोध गर्न सक्छन् । नेकपा नेताहरु यसरी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन तयार हुनुको ओलीको विपक्षमा रहेका परिणाम पार्टी विभाजनमा पनि पुग्न सक्छ । प्रधानमन्त्रीलाई पदबाट हटाउन प्रतिनिधिसभा बैठक अनिवार्य हुन्छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार यही अवस्थामा चल्ने ६ महिनामा राजनीतिमा धेरै फेरबदल पनि भइसक्नेछ । उनले अन्य दलसँग मिलेर संयुक्त सरकार चलाउन सक्छन् । राजनीतिक दल विभाजन सम्बन्धी यसअघिको अध्यादेश ब्युँताएर दल विभाजनको बाटो रोज्न सक्छन् ।

सम्बन्धित समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

“सिधा कुरा जनतासँग” बन्द हुँदै, रवि लामिछाने राजनितिमा ?

लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको “‘सिधा कुरा जनतासँग’” कार्यक्रम बन्द हुने भएको छ। प्रस्तोता रवि लामिछानेले टेलिभिजन नै छाड्ने निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो।

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।