Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
स्वास्थ्य हरेकले थाहा पाउनु पर्ने | Kidney रोग लाग्नुको कारण

हरेकले थाहा पाउनु पर्ने | Kidney रोग लाग्नुको कारण

Published:

On: Nepal

Kathmandu: Cronical Kidney रोग हुने सबैभन्दा मुख्य कारण (Diabetes)मधुमेह हो । Diabetes Kidneyको कार्यलाई बिस्तारै कम गरिदिन्छ । Sugar को उच्च मात्राले Kidneyको रक्तवाहिनी नलीलाई असर पुर्याउछ र Cronical kidney रोगको कारण बन्छ । Cronical Kidney को समस्या हुने एउटा कारण उच्च रक्तचाप पनि हो, जसलाई हाइपरटेन्सन पनि भनिन्छ । उच्च रक्तचापले मृगौलाको कार्यलाई असर पार्छ । मृगौलाको समस्या अन्य कारणले देखिएपनि हाइपरटेन्सनले यसलाई अझ बढी खराब पार्छ ।

Kidney को धमनीले यसको कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । साथै यसले मृगौलामा रगत प्रवाहमा पनि सहयोग पुर्याउछ, यदि यो धमनी अवरुद्ध भएमा रगत प्रवाह हुन सक्दैन र समस्या बढ्छ । जन्मजात समस्याले मुत्रमार्गमा बाधा उत्पन्न गराउँछ, यसबाट कैयौं समस्या उत्पन्न हुनसक्छन्, जसले मृगौलालाई असर पार्छ । यद्यपि गर्भमै रहेका बेला यो समस्या फेला पारेमा शल्यचिकित्साद्वारा ठीक गर्न सकिन्छ ।

लागुऔषध तथा लामोसमयसम्म औषधि सेवनले मृगौलालाई असर पुग्न सक्छ । आवश्यकभन्दा बढी स्टेराइडल एन्टी इन्फ्लेमेटरी ड्रग्सको प्रयोग र स्ट्रीट ड्रग्सको प्रयोगले किड्नीलाई बढी असर पुर्याउछ ।

कतै तपाईंमा यस्ता लक्षणहरु देखा परेको त छैन ? मृगौला खराब भएको हुनसक्छ: मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंग मध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ ।जीवनशैली मा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं ।

शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक भइसकेको हुन्छ । यो रोगले मानिसलाई विस्तारै विस्तारै आक्रमण गर्ने भएको हुनाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । त्यसकारण यस रोगको बारेमा पुर्वसावधानी अपनाउन एकदमै आवश्यक छ ।

Kidney रोगको (Symptoms)लक्षणहरु यस प्रकार रहेका छन् ।
1.मिर्गौलामा भएको समस्याले गर्दा शरीरको टक्सीस बाहिर आउन पाउँदैन । त्यसले हाम्रो छालामा समेत असर ल्याउन सक्छ । 2.मिर्गौलामा समस्या भएपछि रगतमा यूरियाको लेवल बढ्ने हुनाले त्यसले मुख गनाउने समस्या देखिन्छ ।3.र्गौलामामा समस्या आएपछि रगतमा पानी र नुनको मात्रा बढ्ने गर्छ । जसले ब्लड प्रेशर बढ्ने गर्छ । 4.शरीरको बिकास बस्तु बाहिर निस्कन नपाएपछि हमेसा टाउको दुखिरहेने, उल्टी आउने हुन्छ । 5.मिर्गौला खराब हुनु लाग्दा बाराम्बार पिसाव आइरहन्छ । रातको समयमा झनै बढि हुने गर्छ । 6.पिसाप गर्ने बेला निकै पीडा हुने गर्छ । दुखाईका कारण पिसाव नहुने पनि हुनसक्छ । 7.पिसावबाट रगत वा साबुनको फिँज जस्तो आयो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्न स्वास्थ्य विषेशज्ञहरुले बताएका छन् । 8.मिर्गौलामाबाट हाम्रो शरिरलाई नचाहिने अनावश्यक विकारहरु बाहिर जान पाउँदैन । त्यसपछि ट्यूमरको रुप लिने गर्दछ । मिर्गौलाको भागमा दुख्ने र सुन्निने वा पेट फुल्ने समस्या हुन्छ । 9.किड्नीको खराबीले गर्दा व्लडमा अक्सीजन प्रवाह हुन पाउँदैन । त्यसले गर्दा शरीर थकान र कमजोरी महसुस हुने गर्दछ ।

How to Save? यो मिर्गौलाको विरामीको आम लक्षण हो । शरीरको सम्पूर्ण जोर्नीहरु दुख्छ । कसरी जोगाउने Kidney?

मानव शरीरको कम्मरको दुवैतिर सिमी आकारका मृगौलाहरू हुन्छन् । वयस्कमा कम्प्युटरको माउस साइजको हुने मृगौलाको तौल १ सय ५० ग्राम जति हुन्छ । दायाँतर्फको मृगौला थोरै तलतिर हुन्छ । २४ घण्टामा मृगौलाले करिब १ सय ८० लिटर रगत (तरल पदार्थ) फिल्टर गर्छ । त्यसमध्ये रगतमा रहेको विकार वस्तु (हानिकारक र रासायनिक पदार्थ) फिल्टर गरेर १७८.५ लिटर तरल फेरि शरीरमा फर्काउँछ । यस प्रक्रियामा स्वस्थ मानिसको शरीरमा दैनिक करिब डेढ लिटर पिसाब निर्माण हुन्छ । पिसाब थैलीले टयांकीको रूपमा शरीरबाट बाहिर फयाँक्नुअघि भण्डारणको रूपमा पिसाब थैलीमा दुई कप बराबर पिसाब २ देखि ५ घण्टासम्म थेग्न सक्छ ।

Kidney कसरी बिग्रन्छ?

मृगौला तथा पिसाब नलीमा हुने संक्रमण, मृगौलाकै सुजन (नेफ्राइटिस), मृगौलामा पत्थरी, मृगौलामा पानीको फोका (सिस्ट) बन्ने समस्याका कारण मृगौलामा खराबी हुन सक्छ । मृगौलाकै वंशानुगत समस्या तथा टयुमरले पनि खराबी हुन्छ । मृगौलाभित्रको नेफ्रोनको सुजन, लामो समयसम्मको मधुमेह, उच्च रक्तचाप तथा वंशाणुगत कारणले सधंैका लागि मृगौला बिग्रन सक्छ ।

Dialysis – डायलाइसिस के हो?

Kidney ले ८५ देखि ९० प्रतिशतसम्म काम गर्न छोडेपछि शरीरमा विकारयुक्त रासायनिक वस्तुहरू थुप्रिन्छन् । यस्तो प्रतिकूल अवस्थामा मेसिनको सहायताले विकारसँगै अनावश्यक लवण र अतिरिक्त पानी शरीरबाट बाहिर फ्याँक्ने प्रक्रियालाई डायलाइसिस भनिन्छ ।

Kidney Stone – पत्थरी कसरी हुन्छ?

मृगौलामा पत्थरी हुनुमा विभिन्न कारण हुन सक्छन् । तुलनात्मक रूपमा यसबाट प्रभावित बिरामीका लागि गर्मीको समय अझै बढी घातक हुन्छ । धेरै गर्मीका बेला शरीरबाट पसिनाको रूपमा पानी बाहिर जान्छ । सोही अनुपातमा पानी नपिउनाले शरीरमा पानीको मात्रा कम हुन्छ । जीउ सुक्खा हुन जान्छ ।

यसले गर्दा पिसाबमा भएका विभिन्न तत्त्वहरूको घनत्व (कन्सेन्ट्रेसन) पनि बढ्छ । त्यसपछि ती तत्त्वहरू एक आपसमा मिलेर ढिक्का बनी पत्थरीको रूप लिन्छ । घरबाहिर चर्को घाममा काम गर्ने र पानीको साथै अन्य तरल पदार्थ नपिउने व्यक्तिहरूलाई यो समस्या लाग्ने बढी सम्भावना हुन्छ ।

 Drink Enough Water – पर्याप्त पानी पिऔं

शरीरमा पानीको मात्रा कम हुनु मात्रै मृगौलाको पत्थरीको कारणचाहिँ होइन । यसबाहेक पिसाब नली थुनिनु वा अन्य केही संक्रमण हुनु, हप्तौंसम्म पनि एकै ठाउँमा बसिरहनु, खानामा क्याल्सियम, अक्जालेट, युरिक एसिड, भिटामिन ‘डी’ को मात्रामा बढी हुनु, केही औषधिको गलत प्रयोग र अन्य विभिन्न रोगका कारणले पनि पत्थरीको समस्या हुन सक्छ ।

अमिलो रसयुक्त फल वा पेयले पत्थरीको समस्या घटाए पनि भिटामिन सी चक्कीको रूपमा बढी लिँदा पत्थरी हुन सक्छ । यी विभिन्न कारण भए पनि पर्याप्त पानी पिउने र स्वस्थ्य जीवन शैली अपनाउने गर्नाले मृगौलाको रोग लाग्ने जोखिम कम हुन्छ ।

तल लेखिएका प्रमुख लक्षण मृगौला रोगमा देखिन सक्छन

1.Swelling of the face – अनुहार सुन्निनु: अनुहार, पेट र खुट्टा सुन्निनु मृगौला रोगमा प्राय देखिने लक्षण हुन् । मृगौला रोगले गर्दा सुन्निएको कुरा सबैभन्दा पहिले प्राय आँखा मुनि देखिन्छ र यो बिहान सबैभन्दा प्रस्ट देखिन्छ । मृगौलाले काम गर्न छोड्नु सुन्निनुको एउटा महत्वपूर्ण कारण हो । तर के कुरा ध्यानमा राख्नु पर्छ भने सुन्निदैमा मृगौलाले काम गर्न छोड्ने चाँहि होइन । केही खास मृगौला रोगमा, मृगौलाले सामान्य रुपमा काम गर्दा पनि सुन्निने समस्या हुन्छ । उत्तिकै महत्वपूर्ण कुरा, केही बिरामीहरूमा मृगौलाले काम गर्न छोड्यो भने पनि सुन्निने समस्या नदेखिन सक्छ ।

2.Anorexia, nausea, vomiting – अरुचि हुनु, वाकवाकी लाग्नु, उल्टी हुनु: अरुचि हुनु, मुखमा असामान्य स्वाद आउनु मृगौलाले काम गर्न छोडेको व्यक्तिले भोग्ने आम समस्या हो । मृगौलाले काम कम गर्न थाल्यो भने शरीरमा विषालु पदार्थको वृद्धि हुन्छ, जसले गर्दा वाकवाकी लाग्ने र उल्टी आउने समस्या हुन्छ ।

3.High Blood Pressure – उच्च रक्तचाप: मृगौलाको समस्या भएका बिरामीहरूमा धेरै जसो उच्च रक्तचापको समस्या हुन्छ । कम उमेर (३० वर्षभन्दा कम)मा उच्च रक्तचाप भयो र निदान भएको समयमा रक्तचाप अत्यधिक बढी छ भने, त्यो मृगौला रोगका कारण हुन सक्छ । सबै उच्च रक्तचाप भएको मानिसको पिसाब तथा रगतको परीक्षण गरी मृगौलामा केही असर छ छैन भनेर हेर्न अत्यन्त जरुरी हुन्छ ।

4.Anemia and cramps – रक्तअल्पता र कमजोरी: कमजोरी हुनु, चाँडै थाक्नु र मन लगाएर कुनै काम गर्न नसक्नु रक्तअल्पता हुने व्यक्तिको आम गुनासा हुन् । कतिपय अवस्थामा मृगौलाका दीर्घरोगीहरूका लागि यो एकमात्र लक्षण हुन सक्छ । सामान्य उपचारबाट रक्तअल्पतामा सुधार भएन भने मृगौला रोगबारे जाँच गर्नुुपर्छ ।

5.Other symptoms – अन्य लक्षणहरू: ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने र खुट्टा बाउँडिनु मृगौला रोगको लक्षण हुन सक्छन् । शरीरको विकासमा कमी र खुट्टा बाङ्गीने समस्या, मृगौलाले काम नगर्ने समस्या भएका बालबालिकाका लागि आम समस्या हुन्

सम्बन्धित समाचार

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन् ।

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा लाग्ने, खो’की लाग्ने, ज्व’रो आउने, क’फ ज’म्ने, जो’र्नी दुख्ने आदि ।

केही लक्षण नआइ सिधै ढलाउन्छ प्रेसर लो भयो भने।यस्ता कुरामा तुरुन्तै ध्यान दिनुहोस नत्र जे पनि हुन सक्छ।ढिला नहुँदै यस्ता उपाय अपनाउनुहोस

ब्लड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ ।

‘अहिले ज्वरो ९९ मात्रै छ, तपाईंको पैसा लाग्छ’

‘पीसीआर टेस्ट गराउने कता हो सिस्टर ?’ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको फ्रन्ट डेस्कमा बसेकी स्वास्थ्यकर्मीसँग एक युवतीले सोधिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।