Thursday, October 29, 2020

Thursday, October 29, 2020
अन्तर्राष्ट्रिय अष्ट्रेलियामा गोर्खा सैनिकको नाममा बाटोको नाम | Gorkha Way

अष्ट्रेलियामा गोर्खा सैनिकको नाममा बाटोको नाम | Gorkha Way

Published:

On: Nepal

Kathmandu: (Source) Australia को विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको वेन्डम भेल काउन्सिलमा बन्दै गरेको एउटा नयाँँ बस्तीको बाटोको नाम गोर्खा वे राखिएको छ। दोश्रो विस्वयुद्धमा बहादुरी प्रदर्शन गरेर बीरगती प्राप्त गर्ने नेपालीको संझनामा बाटोको नाम गोर्ख वे राखिएको हो। यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी छन जस्ले करीब एक हजार बर्गमिटर क्षेत्रफल ओगटेको छ। यस्को नजिकै एउटा पार्क पनि बन्दैछ।

बाटोको नाम गोर्खा वे राख्नका लागि मेलबर्नको वैरबी निवासी श्रीमती रोशनी श्रेष्ठले पहल गरेकी थिइन।वैरबीमा युद्ध संग्रहालय पनि भएको पाएपछि नयाँँ काउन्सिलमा प्रस्ताब राख्दा काउन्सिलले डेभलोपरसंग समन्वय राख्नुपर्ने सुझाएपछि डेभलोपरसंगको कुराकानीपश्चात प्रस्ताबलाई मूर्त रुप दिने प्रक्रिया शुरु भएको थियो।

त्यसक्रममा अबधारणा प्रस्ताब माग गरेपछि उनले पेश गरेको अबधारणा प्रस्ताबलाई रिभरवाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलोपरले स्वीकृति प्रदान गरेको थियो। पछि सो प्रस्तावलाई आधिकारिकता दिन असिस्टेण्ट डेभलोपमेण्ट मैनेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएपस्चात काउन्सिलको स्वीकृतिपछि यो नामले आधिकारिकता पाएको हो ।

विक्टोरिया क्रस प्राप्त नेपालीको नाममा यही बाटोको नजिकै शालिक राख्नेगरि जमिन छुट्याउन पनि श्रेष्ठलुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ENAS) का सल्लाहकार रामकुमार श्रेष्ठ लागेका छन्।

सम्बन्धित समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।

यी १० गलत बानी हुन् दिमाग कमजोर बनाउने

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।

ज्योतिष बाजे बनेर हात हेर्न बस्दै, युवती फसाउँदै…

अहिले सामाजिक क्षेत्रमा बिभिन्न प्रकारका नकरात्मक गतिबिधि हुदैँ गएका छन्। काेहिले ब ला त्कार गरेका छन् भने कसैले कुनै न कुनै लाप-रबाहि गरेकै छन्।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।