Friday, October 23, 2020

Friday, October 23, 2020
नेपाल सिमा नाग्दै भारतिय पत्रकारहरु: भारतिय मिडियामा केपि ओलिलाई यस्तो गम्भीर आरोप

सिमा नाग्दै भारतिय पत्रकारहरु: भारतिय मिडियामा केपि ओलिलाई यस्तो गम्भीर आरोप

Published:

On: Nepal

पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारबारे विभिन्न किसिमका समाचार सम्प्रेषण हुन थालेका छन् ।

खासगरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै विभिन्न टिप्पणी आउन थालेका हुन् ।

नेपालको राजनीतिलाई चीन र पाकिस्तानसँग समेत जोडेर समाचार आउन थालेका छन् । यस्तैमा भारतको प्रतिष्ठित सञ्चारमाध्यम ‘इकोनोमिक टाइम्स’ले हालै प्रधानमन्त्री केपी ओलीमाथि एक आरोप सहित विशेष रिपोर्ट तयार पारेको छ ।

जहाँ ओलीले सत्ता टिकाउन कम्युनिस्ट पार्टी फुटाउन खोजेको दावी गरिएको छ । साथै उनी चीन र पाकिस्तानसँग पनि सम्पर्कमा रेको रिपोर्टमा उल्लेख छ । नेपाल सरकारको पछिल्ला निर्णयमा चिनियाँ दूतावासको पनि हात रहेको उक्त रिपोर्टमा दावी छ ।

यस्तै चीन र पाकिस्तान समेत ओली सरकारलाई बचाउन लागिपरेको रिपोर्टमा उल्लेख छ ।

ओलीले राजीनामाको दबाब आएपछि नै बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्न पुगेको रिपोर्टमा छ । उनले पार्टी फुटाउने अध्यादेश ल्याउँदै गरेको बताइएको छ ।

रिपोर्टका अनुसार प्रधानमन्त्री ओलीले भारत विरोधी फैसलाका लागि पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्पर्क गरेका थिए । रिपोर्टमा उल्लेख छ, ‘हालका दिनमा ओलीले जे फैसला लिएका छन्, त्यसमा काठमाडौँस्थित चिनियाँ दूतावासको पनि हात रहेको छ ।’

पार्टीभित्र स्थायी कमिटीका नेताहरुले ओलीलाई राजीनामा मागेको जसले गर्दा उनलाई दबाब बढेको पनि रिपोर्टमा उल्लेख छ ।

ओलीले अघिल्लो साता मात्रै नेपालको भूमि फिर्ता ल्याएका थिए ।|

भारतले आफूलाई पदबाट हटाउन खोजेको आरोप लगाएका थिए ।

सम्बन्धित समाचार

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

चीनमा नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृ’त्यु, नमिठो मानेर नखाएका ३ जना बचे

नुडल्सले एकै परिवारका ९ जनाको ज्यान लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोराना मुक्त

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना भा’इरस (कोभिड-१९) नेगेटिव अर्थात् कोरोना मुक्त देखिएको छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X